News

काठमाडौँलाई कोरोनाबाट जोगाउन महत्वपूर्ण कदम चालिए लगत्तै संक्रमितको संख्या घट्यो

काठमाडौं, साउन ३१ । देशभर कोरोना संक्रमणको दर बढीरहेका बेला काठमाडौँ उपत्यकामा भने शुक्रबारको तुलनामा कोरोना संक्रमितको दर घटेको छ । संक्रमितमा काठमाडौं उपत्यकाका काठमाडौंमा ८०, ललितपुरमा ११ र भक्तपुरमा ९ जनामा नयाँ संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौँ भित्रिने सबै नाकामा थप कडाई, उपत्यकाका ३ जिल्लामा नै होटल रेष्टुरामा सर्वसाधारणलाई उपस्थित हुन नदिने, जात्रा र भिडभाडमा संलग्न हुन नदिने लगायतका कमहरु प्रशासनले गरे लगत्तै संक्रमितको संख्या घटेको हो ।

त्यस्तै नेपालमा शनिबार १ सय २४ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा १ सय २४ जनाले कोरोनाला जितेर फर्किएसँगै नेपालमा कोरोनालाई जितेर घर फर्किनेको संख्या १७२२४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना संक्रमणबाट ८० जना पुरुष र २२ जना महिलाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा ३ जनाले ज्यान गुमाएसँगै ज्यानग गुमाउनेको संख्या १ सय २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Related Articles

Back to top button
Close