News

बाबुले छोरीको विवाहमा दिए अनौठो दाइजो, जन्ती र पाहुना सबै छक्क!

काठमाडौं। तनहुँको आँबुखैरेनीमा एक बाबुले आफ्नो छोरीको विवाहमा अनौठो दाइजो दिएका छन् । दाइजो लिनु र दिनु गैरकानुनी मानिन्छ । तर उनले आफ्नो छोरीको भविष्य सुरक्षित गर्ने दाइजो स्वरुप छोरीलाई विमा पोलिसी उपहार दिएका हुन् । उनले छोरीलाई दाइजो दिन नहुने कानुनी मान्यताको पनि सम्मान हुने र छोरीको भविष्य पनि सुरक्षित हुने अचम्मको उपाय अपनाएका छन् ।

छोरीको विवाहमा उनले १० लाख रुपैयाको बिमा पोलिसी खरिद गरेर दिएका छन् । आँबुखैरेनी गाउँपालिका ३ आँबुखैरेनी निवासी भोला गंगाजुले छोरीको विवाहमा बिमा पोलिसी दिएका खरिद गरेर दिएका हुन् । बाबुको उक्त सरप्राइजले जन्ती र पाहुना सबै छक्क परेका थिए । गाजुले बुधबार छोरीको विवाह गरिदिएका हुन् ।

उनले युनियन लाईफ ईन्सुरेन्स कम्पनीको १० वर्षे एकमुष्ट भुक्तानी बिमा पोलीसी खरिद गरि छोरीलाई उपहार दिएको कम्पनीका आँबुखैरेनी शाखा प्रमुख सबिता भट्टराईले बताएका छन् । उक्त पोलीसीको प्रिमियम शुल्क ८ लाख रुपैया रहेको र २० लाख रुपैयाँसम्मको जोखिम बहन हुने पनि शाखा प्रमुख भट्टराईले बताए । गंगाजु युनियन लाईफ ईन्सुरेन्स कम्पनीका एजेन्सी म्यानेजर समेत हुन् ।

यो पनि पढ्नुहोस: टेलिकमको २५ जिल्लाका विभिन्न स्थानमा एफटिटिएच सेवा

काठमाडौं । नेपाल टेलिकमले देशका २५ जिल्लाका विभिन्न स्थानमा एफटिटिएच अर्थात् ‘फाइबर टू द होम सेवा’ उपलब्ध गराइरहेको जनाएको छ । नेपालभर विभिन्न स्थानमा तीव्र गतिको डाटा र भ्वाइस सेवासमेत चलाउन मिल्ने एफटिटिएच सेवा उपलब्ध गराइरहेको तथा काठमाडौँ उपत्यकाबाट वितरण प्रारम्भ गरिएको एफटिटिएच सेवालाई २५ जिल्लाका विभिन्न स्थानमा उपलब्ध हुने टेलिकमले विज्ञप्तिमार्फत जनाएको छ ।

कम्पनीका अनुसार काठमाडौँमा यो सेवा कीर्तिपुर कार्यालयअन्तर्गत भत्केको पाटी रुट, एक्सचेन्ज एरिया, नगाउँ दोबाटो चोक, नगाउँ, कीर्तिपुर विहार, कीर्तिपुर, कीर्तिपुर ढोकासी, चिखु प्लानिङ, कुमारी क्लब र ट्याङ्लाफाँट क्षेत्रमा यो सेवा वितरण भइरहेको छ ।

त्यसैगरी गोङ्गबु कार्यालयअन्तर्गत चमती, गोङ्गबु चोक रिङरोड, खुशिबु टाउन प्लानिङ, खुशिबु नयाँ बजार र बसुन्धरा क्षेत्रमा सेवा वितरण भइरहेको छ । नक्साल एक्सचेन्जबाट पुतलीसडकमा कुमारी बैंकको विपरीत क्षेत्र, पुतलीसडक, स्टार मल, डिल्लीबजार, डिल्लीबजार पीपलबोट, चारखाल, ज्ञानेश्वर, घट्टेकुलो, मैतीदेवी, खसीबजार र कृष्ण पाउरोटी क्षेत्रमा एफटिटिएच सेवा उपलब्ध छ ।

छाउनी कार्यालयअन्तर्गत कालीमाटी, ताहाचल, छाउनी, बाफल र गाईबाच्छा पाटी क्षेत्रमा र नैकापअन्तर्गत सिभिल होम्स तीनथाना, अर्किड कोलोनी, ढुङ्गेअड्डा तथा ढुङ्गेअड्डादेखि तीनथाना क्षेत्रमा यो सेवा वितरण भइरहेको छ । सुन्धारा कार्यालयबाट ठहिटी चोक, भेडासिंह, असन, बागदरबार र टेकु तथा हात्तीगौडाअन्तर्गत वसुन्धरा, महाराजगञ्ज, भाटभटेनी सुपरमार्केट नजीक, सुकेधारा र धुम्बाराही नजीक क्षेत्रमा यो सेवा उपलब्ध छ ।

बबरमहल कार्यालयअन्तर्गत अल्फा बिटा नजीक, बिआइसिसीको उत्तर, ह्वाइट हाउस नजीक र भेनस हस्पिटलको विपरीत क्षेत्रमा यो सेवा उपलब्ध छ । त्यसैगरी ठिमी (गोठाटार) अन्तर्गत नमूना चोक, सनराइज चोक, काँडाघारी चोक नजीक र सनसिटी तथा चाबहिलमा कार्यालय नजीकको क्षेत्रमा यो सेवा उपलब्ध छ ।

Related Articles

Back to top button
Close