News

मिस वर्ल्डमा नेपाली चेली अनुष्का श्रेष्ठले जितिन् यस्तो अवार्ड, सबै नेपालीलाई दिइन् बधाई अनि धन्यबाद !

काठमाडौं ,मंसिर २७/बेलायतको लण्डनमा जारी मिस वर्ल्स २०१९ को ६९ औं संस्करणमा मिस नेपाल अनुष्का श्रेष्ठले मल्टिमिडिया अवार्ड पनि हात पारेकी छिन् ।

यो जितसँगै उनले मिस वर्ल्डको शीर्ष ४० मा आफ्नो स्थान सुनिश्चित गरेकी छिन् । नेपालले मल्टिमिडिया अवार्ड आफ्नो पोल्टोमो पारेको बारे जानकारी दिइएको अनुष्का श्रेष्ठको एक भिडियो सन्देश मिस वर्ल्डले आफ्नो आधिकारिक फेसबुक पेजमा पोष्ट गरेको छ ।

पाँच घण्टा अघि पोष्ट भएको उक्त भिडियोमा अनुष्काले उज्यालिएको अनुहारसहित भनेकी छिन्, ‘नेपालले भर्खरै मल्टिमिडिया अवार्ड हात पारेको छ । यो अवसरमा फेसबुक, इन्स्टाग्राम, वेबसाइट, मोबस्टारमार्फत् भोट गर्ने प्रत्येक व्यक्तिलाई धन्यवाद दिन चाहन्छु ।

बधाई तपाईंलाई, हामीलाई, नेपाललाई, नेपालीलाई र संसारभरी छरिएका नेपालका शुभचिन्तकलाई । धन्यवाद । यो हाम्रो जित हो ।’
सोसल मिडिया अकाउन्टमा सबैभन्दा धेरै भोट, लाइक, सेयर पाउने प्रतिस्पर्धीलाई मल्टिमिडिया अवार्डको उपाधि प्रदान गरिन्छ । यसअघि अनुष्काले ‘हेड टु हेड च्यालेन्ज’ प्रतिस्पर्धामा पनि जित हासिल गरेकी थिइन् ।

Related Articles

Back to top button
Close