News

ओली सरकारले इतिहासमै पहिलो पटक भारतलाई डिप्लोम्याटिक पत्र पठायो

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले लिपुलेक र कालापानीको बारेमा सरकारले स्पस्ट गरिसकेकाले अब भारतसँग लिम्पियाधुराको विवा द मात्र रहेको बताएका छन् ।

बिहीबार सिंहदरबार स्थित मन्त्रालयमा मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्ने क्रममा पत्रकारहरुसँग कुरा गर्दै उनले सुस्ताको विषय पनि कुनै प्रश्न नभएको र लिम्पयाधुराको विषयमा सम्पूर्ण प्रमाण जुटाएर भित्री प्रयासहरु गरिनुपर्ने बताए ।

उनले विशेष दूत पठाउने विषय पनि उठेको बताउँदै पठाउने दिन सबैले थाहा हुने उल्लेख गरे । उनले नक्सा पहिला देखि नै रहेको बताउँदै भारतले पछिल्लो समय नयाँ नक्सा सार्वजनिक गरेपछि नेपालले इतिहासमै पहिलो पटक डिप्लोम्याटिक पत्र पठाएको समेत बताए ।

यसअघिका सरकारले यो काम नगरेको अवस्थामा सरकारले अहिले गरेको उल्लेख गर्दै यसलाई पहिलो स्टेजको रुपा लिनुपर्ने बताए । त्यस्तै यो विषयमा नेपालले सत्य तथ्यहरु प्रस्तुत गरेर भारतलाई बुझाउन सक्नुपर्ने उनले बताए । उनले सरकारले त्यसका लागि काम गरिरहेको बताए ।

हाम्रो आशाको मूल पक्ष भनेको पोजिसन देखि पोजिसनको कोणबाट नलिएर फरक कोणबाट हेरेर जानुपर्ने उनले तर्क गरे । भारतले पनि सत्य र तथ्यहरुलाई स्विकार गर्ने विश्वास सरकारले गरेको उनले बताए ।

Related Articles

Back to top button
Close