News

अब सरकारले लोकसेवा कर्मचारीलाई आफ्नो इच्छा अनुसार सरुवा गर्न पाउने

अब सरकारले लोकसेवा आयोगका कर्मचारीलाई आफ्नो इच्छा अनुसार सरुवा गर्न पाउने भएको छ । आज (बिहीबार) संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा लोकसेवा सम्बन्धी कानुनलाई संशोधन र एकीकृत गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा अधिकांश सांसदले सरकारले कर्मचारी सरुवा गर्न पाउने पक्षमा बोलेका थिए ।

यसअघि लोकसेवा आयोगको स्वीकृतिमा मात्र आयोगमा रहेका कर्मचारीको सरुवा गर्ने व्यवस्था रहेको थियो । केही सांसदहरुको विमतिका बीच आयोगसँग पूर्वसहमति नलिई सरकारले कर्मचारी सरुवा गर्न पाउने पक्षमा संसदको राज्य व्यवस्था तथा सुशासन समिति उभिएको हो ।

विधेयकको दफा ७ मा रहेको कर्मचारी सम्बन्धी व्यवस्था अन्तर्गत आयोगको कार्यसञ्चालन तथा व्यवस्थाको लागि स्वीकृत दरबन्दी अनुसारको कर्मचारी नेपाल सरकारले उपलब्ध गराउने प्रावधान राखिएको छ । विधेयकमा रहेको दफा ६ को उपदफा २ को कर्मचारी सरुवा गर्दा सहमति लिनुपर्ने व्यवस्थालाई हटाइएको हो ।

सो बारेमा संसोधन प्रस्ताव दर्ता गराएका सांसद गौतमले सरकारले बदनियतपूर्ण ढंगबाट विधेयक ल्याएको विधेयकमा आफूखुसी आयोगको कर्मचारी सरुवा गर्न सक्ने प्रावधानले सरकारले संवैधानिक अंगलाई नियन्त्रण गर्न खोजेको दावी गरेका छन् ।

आयोग जस्तो संवैधानिक निकायलाई स्वतन्त्र भूमिका दिनुपर्ने बताउँदै सरकारले नियन्त्रण गरे कर्मचारीतन्त्रलाई असर पुग्नुका साथै आयोगले गुणस्तरीय सेवा दिन नसक्ने बताएका छन् । आयोगका सचिव आनन्दराज ढकालले लोकसेवा आयोगमा रहने कर्मचारी संवेदनशील शाखामा काम गर्ने भएकोले सरुवा गर्दा सूचना चुहिने डर भएका कारण सरुवामा सावधानी अपनाउनुपर्ने बताएका छन् ।

Related Articles

Back to top button
Close