News

यिनी हुन् अभिनेता दिलिप रायमाझीकी छोरी दिव्या, ‘लक्का जवान’ चलचित्रमा डेव्यु गर्दै लागिन् बाबुकै वाटोमा

काठमाडौं, २५ मंसिर । नेपाली अभिनेता दिलिप रायमाझीकी छोरी दिब्या पनि चलचित्रमा अनुबन्ध भएकी छन् । उनी पनि अब बाबुकै बाटो पछ्याउँदै चलचित्रमा सकृय हुने भएकी हुन् । हास्य कलाकार शिवहरी पौडेलको निर्माण र निर्देशनमा बन्न लागेको चलचित्रमा दिव्या अनुबन्ध भएको खबर सार्वजनिक भएको छ । यस अघि अभिनेता रायमाझीले पनि छोरी चलचित्रमा आउन चाहेको बताएका थिए । शिवहरीको निर्देशनमा बन्न लागेको चलचित्रमा अभिनय गर्ने पक्का भएको छ ।

दिव्या हास्य कलाकार शिवहरीले निर्माण गर्न लागको चलचित्र ‘लक्का जवान’को अभिनेत्रीमा अनुबन्ध भएकी हुन् । यहि चलचित्रवाट दिव्याले चलचित्रमा डेब्यु गर्दैछन् । चलचित्रको सह निर्माताका रुपमा किरण र अभिनेता दिलिप रायमाझी रहनेछन् ।आमा बंगलामुखी फिल्म प्रोडक्सन प्रा।लि।को ब्यानरमा निर्माण हुने फिल्ममा ध्रुव पन्त र अनुसुया श्रेष्ठ पन्तको लगानी रहने बताइएको छ । कमेडी कथामा चलचित्र बन्ने छ ।

चलचित्रका विषयमा निर्देशक शिवहरीले भने, ‘हो, हामीले दिव्यालाई फिल्मबाट डेब्यू गराउने पहल गरिरहेका छौं ।’ अमेरिकामा रहेकी दिव्या चलचित्रका लागि नेपाल आउने भएकी छन् । दिव्यासंग अनुमति लिएर नै चलचित्रका लागि अनुबन्ध गरिएको हो । उनले यस अघि नै चलचित्रमा अभिनय गर्ने इच्छा देखाएकी थिइन् ।

यो फिल्मका लागि अक्षयले मागे सय करोड

एजेन्सी–बलिउडमा सबैभन्दा बढी कमाउने अभिनेता हुन् अक्षय कुमार। उनी भारतिय चलचित्रमा सबै भन्दा बढी ब्यस्त रहने अभिनेता पनि हुन् । एक पछि अर्को हिट फिल्म दिइहेका अक्षयले आफ्नो पारिश्रमिक पनि बढाउँदै लगेका छन् । यस वर्ष पनि उनको केसरी, मिसन मंगल र हाउसफुल ४ ले राम्रै पैसा कमाए।त्यसैले उनले पारिश्रमिकको दर पनि बढाउँदै लगेको भारतिय मिडियाले जनाएका छन्। आगामी एक फिल्मका लागि अक्षयले एक सय करोड भारु पारिश्रमिक माग गरेका छन्।

यो फिल्मको नाम टुंगो लागिसकेको छैन। तर, यो फिल्म निर्माता वाशु भगनानीले बनाउँदै छन् र यो एक्सन फिल्म हुने छ।फिल्मको स्क्रिप्ट तयार भइसकेको छ र निर्देशकका रुपमा निखिल आडवाणीलाई छनोट गरिएको छ। निर्माता भगनानी यो फिल्ममार्फत बलिउडमा दबदबा कायम गर्न चाहन्छन्। त्यसैले उनले अक्षयलाई सय करोड दिने सहमति पनि दिइसकेका छन्। यद्यपि सम्झौता भने भइसकेको छैन।

Related Articles

Back to top button
Close