News

१३औं साग समापन भएको २४ घण्टा नबित्दै भ्र’ष्टाचार भएको भन्दै खेलकुद मन्त्रीको राजीनामा

काठमाडौ । १३औं साग सफलता पुर्वक सम्पन्न गरेको नेपाल सरकारमाथि अर्को चु’नौती थपिएको छ । भएको के भने प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलले खेलकुद् मन्त्री र राखेपका सदस्य सचिवलाई ब’र्खास्त गर्न माग गरेको छ । १३ औं दक्षिण एशियाली खेलकुद् (साग) को समापन भएको एक दिनपनि नवित्दै तरुण दलले खेलाडी र प्रशिक्षकको सेवा र सुविधामा भ्र’ष्टाचार गरेको भन्दै राजीनामा मागेको हो ।

तरुण दलले खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाललाई ब’र्खास्त गर्न माग गरेको हो । तरुण दलले निकालेको बिज्ञप्तिमा मन्त्री र सदस्य सचिवलाई अ’ख्तियार दु’रुपयोग अनुसन्धान आयोगले छानविन गर्नु पर्ने समेत माग गरेको छ । देशका लागि ५१ स्वर्ण पदकसहित २०४ पदक जित्ने खेलाडी र प्रशिक्षकलाई धन्यवाद र बधाई दिएको छ । सागमा नेपाली खेलाडीहरुलाई सुटिङ, साइक्लिङ, स्वीमिङ लगायतमा खेलकुदका सामाग्री प्रदान गर्न नसक्नु दुःखद भएको भनिएको छ ।

खेलकुद परिषद्का सदस्य सचिव सिलवालले मन्त्रीहरुको चा’करी गर्दै दौरा सुरुवाल उपलब्ध गराएको विषय ला’जम’र्दो भएको पनि उल्लेख गरिएको छ । यसका साथै सागमा स्वर्ण पदक दिलाउने प्रत्येक खेलाडीलाई २५ लाख, रजत जिताउने प्रत्येक खेलाडीलाई १५ लाख र काश्य पदक दिलाउने खेलाडीलाई १० लाखका दरले पुरस्कार दिएर सम्मान गर्न पनि सरकारसँग तरुण दलले माग गरेको छ ।

Related Articles

Back to top button
Close