News

मेरो लागि देश, परिवार र संस्कार सबैभन्दा महत्वपूर्ण कुरा हो – पुर्व युवराज पारस

पुर्व युवराज पारस शाह फेरी मस्ती मुडमा फेला परेका छन् । उनी फेरी पोखरामा युट्युवर सोनिका रोकायसंग मस्ती मुडमा देखिएको भिडियो सार्वजनिक भएको छ । सोनिकाले आफ्नो युट्युव च्यानल मार्फत सार्वजनिक गरेकी छन् ।

सोनिकाको द सोनिका सो मा पूर्वयुवराज पारससंगको भिडियो सार्वजनिक गरेकी छन् । जसमा सोनिका र पारस पोखराको फेवा तालमा एउटा डुंगामा देखिन्छन् । पारस डुंगाको पछिल्लो भागमा बसेका देखिन्छन् भने सोनिका अघिल्लो भागमा बसेर भिडियो लिइरहेकी छन् ।

भिडियोकै क्रममा पारसले चुरोट निकालेर सल्काउँछन् । सोनिकाले सार्वजनिक हुने भिडियोमा त्यसो नगर्न आग्ह गर्छिन । पछि पारसले आफु जस्तो छु त्यस्तै देखिन चाहेको बताएपछि सोनिकाले पनि सहमति जनाउँछिन् ।

सोनिकाले पारसलाई सोध्छिन् तपाईको जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा के हो ? यस प्रश्नको जवाफमा पारस भन्छन मेरो लागि देश, परिवार र संस्कार सबैभन्दा महत्वपूर्ण कुरा हो ।

Related Articles

Back to top button
Close