News

नेपाली बैंक ह्या’क गर्ने र चिठ्ठा पर्‍यो भन्दै झण्डै १५ करोड ठ’गी गर्ने गिरोह प’क्राउ

काठमाडौं। चिठ्ठा तथा पार्सलको प्र’लोभन देखाएर झण्डै १५ करोड रुपैयाँ ठ’गी गरेको आ’रोपमा तीन जना प’क्राउ परेका छन् । प’क्राउ पर्नेमा रेष्टुरेन्ट व्यवसायीसमेत छन् । भाइबर, ह्वाट्स एप, इमो, फेसबुक लगायतका सामाजिक सञ्जाल प्रयोग गरी चिठ्ठा परेको, पार्सल आएको भन्दै प्र’लोभन देखाउने र ठ’गी गर्ने गरेको आ’रोपमा दोलखाका रमेश खड्का, नवलपरासीका विश्वेश्वरप्रसाद तिवारी र सन्दीप कलवार प’क्राउ परेका हुन् ।

महानगरीय प्रहरी अ’पराध महाशाखाकाअनुसार प’क्राउ परेकामध्ये खड्का रेष्टुरेन्ट व्यवसायी हुन् । उनीहरुले नाइजेरियन नागरिक पिटर हेर्मन र बेलायती स्मिथ मोरिसको योजनामा काम गरेका थिए । पिटर र स्मिथले नेपालका ठ’गीका लागि मात्र ४० भन्दा बढी एजेन्ट परिचालन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उनीहरुले ठ’गी गरेको रकमको १५ देखि २० प्रतिशत कमिसन राखेर बाँकी रकम भारतमा पठाउँथे । हालसम्म १४ करोड ६९ लाख ९१ हजार शं’कास्पद काराबार देखिएको र उनीहरुले रकम कारोबार गर्न प्रयोग गरको बैंकहरु समेत ह्या’क भएको हुनसक्ने प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताएका छन् । उनका अनुसार अहिलेसम्म १५ जना पी’डित प्रहरीको सम्पर्कमा आएका छन् । अरु पनि यसरी ठ’गिएको भए सम्पर्कमा आउन प्रहरीले आग्रह गरेको छ ।

Related Articles

Back to top button
Close