News

स्वर्ण विजेता खेलाडीलाई ९ लाख दिने घोषणा, गौरिकालाई ११ लाख

काठमाडौं । १३ औं सागमा स्वर्ण जित्ने खेलाडीलाई ९ लाख रुपैयाँ दिने प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेका छन् ।प्रधानमन्त्री ओलीले स्वर्ण पदक विजेता खेलाडीलाई जनही ९ लाख र एकभन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई ११ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन् ।

जस अनुसार चारवटा स्वर्ण पदक जित्ने गौरिका सिंहलाई सरकारले ११ लाख रुपैयाँ दिने भएको छ ।सागमा रजत जित्ने खेलाडीलाई ६ लाख र कास्य जित्ने खेलाडीले ३ लाख रुपैयाँ प्रदान गर्ने घोषणा पनि प्रधानमन्त्रीले गरेका छन् ।

उद्घाटन र समापन समारोहमा सरिक हुन नपाएका प्रधानमन्त्री केपी शर्मा ओलीले विजेता खेलाडीलाई पुरस्कार दिने घोषणा गरेका हुन् ।प्रधानमन्त्री केपी शर्मा ओली सागमा पदक विजेता खेलाडीलाई बालुवाटार बोलाएर पुरस्कार राशिको घोषणा गरेका हुन् ।

सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र कास्य ९५ गरी कुल २०६ पदक जितेको थियो । उद्घाटन सत्रमा प्रधानमन्त्री ओली एपेन्डिसाइटिसको शल्यक्रिया गरी सघन उपचार कक्षमा स्वास्थ्य लाभ गरिरहेका थिए । समापनमा पनि सरिक हुन नसकेपछि उनले भिडियोमार्फत सन्देश दिएका थिए ।

Related Articles

Back to top button
Close