News

सागका स्वर्ण विजेतालाई २५ लाख दिन र खेलकुद मन्त्रीलाई ब’र्खास्त गर्न तरुण दलको माग

नेपाल तरुण दलले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जित्ने खेलाडीहरुलाई जनही २५ लाख रुपैयाँको दरले सम्मान गर्न सरकारसँग माग गरेको छ । यस्तै रजत पदक जित्नेलाई १५ लाख र कांस्य पदक विजेतालाई १० लाख रुपैयाँको दरले सम्मान गर्नुपर्ने तरुण दलको माग छ ।
तरुण दलका अध्यक्ष जितजंग बस्नेतले बुधबार विज्ञप्ति जारी गरी यस्तो माग गरेका हुन् । आयोजक राष्ट्र नेपाल ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य पदक जित्दै प्रतियोगितामा दोस्रो भएको छ । यस्तै १७४ स्वर्ण, ९३ रजत र ४५ कांस्य पदकसहित भारत पहिलो भएको छ ।

नेपाल र नेपालीको इज्जत बढाएको भन्दै खेलाडीहरुलाई धन्यवाद ज्ञापन गरेको तरुण दलले साग प्रतियोगितामा खेलकुद मन्त्रालय र खेलकुद परिषद (राखेप) ले भ्र’ष्टाचार गरेको आ’रोप लगाएको छ ।

Related Articles

Back to top button
Close