International

विश्वकै जेष्ठ प्रधानमन्त्रीले विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्रीलाई दिए यस्तो सुझाव

एजेन्सी, २५ मङ्सिर । विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्री ३४ वर्षीय सान्ना मरिनले मंगलबार फिनल्याण्डकी प्रधानमन्त्रीको रुपमा सपथ ग्रहण गरेसँगै विश्वभर उनको चर्चा चुलिएको छ ।
प्रधानमन्त्री भएपछि कतिपयले उनलाई कसरी काम गर्ने भन्ने सल्लाह र सुझाव दिएका छन् । यसै क्रममा विश्वको सबैभन्दा जेष्ठ प्रधानमन्त्रीले पनि सबैभन्दा कान्छी प्रधानमन्त्री सान्नालाई सुझाव दिएका छन् ।

मलेसियाका ९४ वर्षीय प्रधानमन्त्री महाथिर मोहम्मदले ३४ वर्षीया सान्नालाई आफूभन्दा ठूलासँग सुझाव लिन आग्रह गरेका छन् । उनले ‘बूढा मान्छे’ सँग सुझाव लिए राम्रो हुने बताएका हुन् ।

‘हामी युवाको आदर्शवादमा विश्वास गर्छौं, तर बूढा मान्छेको अनुभवलाई पनि बुझ्नु महत्वपूर्ण हुन्छ,’ महाथिरले समाचार संस्था रोयटर्ससँग भनेका छन्,‘तबमात्रै दुई विचारको मिश्रण हुन्छ र राम्रो हुन्छ ।’

सान्ना २७ वर्षको उमेरमा सामाजिक लोकतान्त्रिक पार्टीमा आवद्ध भएर राजनितिमा होमिएकी अहिले ३४ वर्षमा फिनल्याण्डकी प्रधानमन्त्री बनेकी छिन् ।

महाथिर सन् १९८१ मा पहिलो पटक प्रधानमन्त्री बनेका थिए त्यतिबेला सान्ना जन्मेकी पनि थिइनन् । सन् २००३ मा प्रधानमन्त्री छोडेका महाथिर सन् २०१८ मा फेरि मलेसियाका प्रधानमन्त्री थिए ।

Related Articles

Back to top button
Close