News

उपसभामुखलाई राजिनामा गराइदै: को होला सभामुख सुभास वा अग्नी ?

काठमाडौं,२५ मंसिर । आफुलाई सभामुखको दावेदार मान्दै आएकी उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजिनामा गराइने भएको छ । यस अघि नै राजिनामा दिन आग्रह गरिएको भएपनि उनले संकट उत्पन्न हुने भन्दै राजिनामा दिन अस्वीकार गर्दै आएकी थिइन् ।

नेकपाका दुई अध्यक्षबीच सभामुखको नाममा सहमति जुटेपछि उपसभामुख शिवमायालाई मंसिरभित्रै राजीनामा गराउने तयारी भइरहेको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सो कुराको पुष्टि गरेका छन् । सभामुख र उपसभामुख दुई फरक दलबाट चयन हुने संवैधानिक व्यवस्थाका कारण सभामुख पद गुम्न नदिन नेकपाले उपसभामुलाई राजीनामा गराउने तयार गरेको हो।

तर, उपसभामुख तुम्बाहाङ्फेले भने महराको गल्तीमा आफूले पद छोड्नुपर्ने अवस्था अन्यायपूर्ण हुने बताउँदै राजिनामा नदिने बताएकी थिइन् । यस अघि नै प्रधानमन्त्रीले बालुवाटारमा बोलाएर गरेको आग्रहलाई उनले इन्कार गरेकी थिइन् । उनले सभामुख पनि नभएको बेलामा आफुले पनि राजिनामा दिँदा संवैधानिक संकट उत्पन्न हुने तर्क राखेकी थिइन् । तुम्बाहाङ्फेलाई अन्य जिम्मेवारीमा लैजाने योजना नेकपाले बनाएको छ। यता उपसभामुखलाई राजिनामा गर्न लगाएर सभामुखको टुंगो लगाउन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले आन्तरिक छलफल तीव्र पारेको छ।

नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाबीच सभामुख पदका लागि प्रतिस्पर्धा देखिएको छ। सुवासलाई प्रधानमन्त्री ओलीले सभामुख बनाउन चाहन्छन् भने अग्नीका पक्षमा प्रचण्ड छन् । यद्यपि, यसपटक सभामुखमा सापकोटाकै सम्भावना बढी भएको नेकपा नेताहले बताएका छन्।

पुस ४ मा सुरु हुने संसदको हिउँदे अधिवेसनको पहिलो बिजनेस सभामुख चयन राखिएको छ। मंसिर २७ मा बस्ने सचिवालय बैठकले सभामुखका विषयमा निर्णय गर्ने नेकपा स्रोतले बताएको छ । ।अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने सापकोटाको नाममा र त्यसो हुन नसके नेम्वाङको नाममा सहमति जुटाउने प्रयास गरिरहेका छन्। यसअघि पूर्वसभामुख ओनसरी घर्ती, देव गुरुङ, पम्फा भुसाल र उपसभामुख शिवमाया तुम्बाहाङ्फेलगायतको नाम पनि चर्चामा थियो।

नेकपाले कांग्रेस बाहेकको दललाई उपसभामुख दिने तयारी गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने उपसभामुख आफूहरुले पाउनुपर्ने तर्क अगाडि सारेको छ । नेकपाले आफ्ना सहयोगी साना दललाई उपसभामुख दिने तयारी गरेको छ । नेकपाले राष्ट्रिय जनमोर्चालाई उपसभामुख दिने तयारी गरेको हो । उपनिर्वाचनमा नेकपा र राजमोबीच गठबन्धन भएकाले उपसभामुख राजमोलाई दिने नेकपाको तयारी छ । नेकपाबाट पुरुष सभामुख हुनेपछि अर्को दलले महिला उपसभामुख पाउनेछ । राजमोबाट उपसभामुखमा दुर्गा पौडेलको नाम चर्चामा छ ।

Related Articles

Back to top button
Close