News

जापानी भाषा परीक्षाको नतिजा सार्वजनि, ५६ जना उत्तीर्ण

काठमाडौं, २५ मंसिर । नेपाली कामदार पठाउन लिइएको जापानी भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ। मंगलबार वैदेशिक रोजगारीका लागि आर्कषक श्रम गन्तव्य मुलुक जापानमा नर्सिङ केयरमा लिइएको परीक्षाको नतिजा सार्बजनिक भएको हो । पहिलो चरणमा नेपालबाट जापान श्रमिक लैजान गत अक्टोबर र नोभेम्बरमा लिइएको भाषा परीक्षामा जम्मा ५६ जना परीक्षार्थी मात्र उत्तीर्ण भएका छन्।

काठेपोल विस्थापन गरिँदै

विद्युत् लाइन विस्तारका लागि जिल्लामा प्रयोग भएका सबै काठेपोल चालू आर्थिक वर्षभित्रै विस्थापन गरिने भएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रका अनुसार हाल जिल्लामा करीब चार हजार काठेपोल प्रयोगमा छन् । जिल्लामा रहेका चार हजार काठेपोल विस्थापन गरी स्टिलपोल राखिने केन्द्र प्रमुख ललितनारायण चौधरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आगामी असार मसान्तसम्म सबै काठेपोल हटाउने लक्ष्य राखिएको छ । त्यसका लागि कार्यालयका तर्फबाट काम अघि बढिसकेको चौधरीले बताउनुभयो । गत आवमा प्राधिकरणले एक हजार १०० काठेपोल विस्थापन गरी स्टिलका पोल राखेको थियो । ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरणका लागि चालू आर्थिक वर्षमा रु दुई करोड प्राप्त भएको उहाँले जानकारी दिनुभयो ।

चालू आवमा गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले काठेपोल प्रतिस्थापन कार्यक्रमअन्तर्गत मन्त्रालयबाट उक्त रकम विनियोजन गरिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जनाएको छ । मागअनुसारका सबै स्थानीय तहलाई उक्त पोल वितरण गरिने कार्यालयका प्रमुख दलबहादुर तामाङले बताउनुभयो ।

त्यसका लागि बोलपत्र प्रक्रियामा जाने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । विभिन्न स्थानीय तहबाट कूल एक हजार २०० भन्दा बढी पोल माग भएका कार्यालयले जनाएको छ । मन्त्रालयबाट प्राप्त पोल कार्यालयले नै सम्बन्धित स्थानीय तहमा ढुवानी गर्नेछ । पोल ठड्याउने, तार सार्नेलगायतका काममा नेपाल विद्युत् प्राधिकरणले गर्ने बताइएको छ ।

Related Articles

Back to top button
Close