News

विश्वका सुन्दरीलाई उछिन्दै अनुष्का अग्रस्थानमा, अझै धेरै भोट गर्न अपिल

लन्डन । डिसेम्बरमा १४ तारिखमा बेलायतमा हुन लागिरहेको मिस वर्ल्ड प्रतियोगितामा नेपालको तर्फबाट मिस नेपाल अनुष्का श्रेष्ठ मोबस्टार भोटिङमा अग्रस्थानमा परेकी छन् ।
अनुष्कालाई अग्रस्थानमा रहीरहन अझै धेरै भन्दा धेरै मत आवश्यक पर्नेछ । किनकी अन्य देशको भोट बढ्ने बित्तिकै नेपाल पछि पर्न सक्छ । त्यसैले सबैमा निरन्तर भोट गरिरहन अपिल गरिएको छ ।

अनुष्काले सबैको मायाले अहिलेसम्म अग्रस्थानमा आउन सफल भएकोमा सबैमा धन्यवाद दिँदै अझै धेरै भोट गरिदिन सबैमा अपिल गरेकी छन् ।

अनुष्कालाई पहिलो चरणमा मिस वल्र्डको मल्टी मिडिया अवार्ड जिताउन अर्थात टप २० भित्र पर्नको लागि सहयोगको आवश्यकता देखिएको हो । अनुष्कालाई मल्टीमिडिया अवार्ड जित्नको लागि लाईक र शेयरको आवश्यक पर्छ ।

जसको लागि मोबस्टार (MOBSTAR) एप्स डाउन लोड गर्नुपर्नेछ । एप्स डाउन लोड गरिसकेपछि अनुष्का श्रेष्ठ सर्च गरि लाईक, शेयर गर्न सकिनेछ । जसले गर्दा भोट बढाउन सहयोग मिल्नेछ । यो जती धेरै लाईक अर्थात शेयर भयो त्यसलाई पनि मल्टीमिडिया अवार्ड छनौटमा एक आधार मानीने गरेको छ ।

Related Articles

Back to top button
Close