International

अमेरिकाकाे जर्सी शहरमा गाेली हानाहान, प्रहरी अधिकारीसहित ६ जनाकाे ज्यान गयाे

अमेरिकाको न्यू जर्सी शहरमा भएको गोलाबारीमा एक पुलिस अधिकारीसहित ६ जनाको ज्यान गएको छ ।

जर्सी शहरका मेयर स्टिभन फुलपका अनुसार गोलाबारीमा अन्य पुलिस अधिकारी पनि घाइते भएका छन् । शहरको ग्रीनविले इलाकामा कम्तीमा एक घण्टासम्म दुवै तर्फबाट गोलाबारी भएको थियो ।

जर्सी शहर हडसन नदीको दोस्रोतर्फ पर्छ । हडसन नदीको अर्कोतर्फ न्यूयोर्क शहर छ ।

अहिलेसम्म गोलीबारी गर्ने पहिचान हुन सकेको छैन । प्रहरी अधिकारीहरुले भने गोलाबारीको पछाडि चरमपन्थी समूहको हात रहेको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार संदिग्ध समूहरु एउटा दोकानमा लुकेर बसेका थिए र त्यहाँबाट नै गोलाबारी सुरु भएको हो ।

Related Articles

Back to top button
Close