News

प्रधानमन्त्री ओलीले पर्सि (बुधबार) खेलाडीहरुका लागि प्रोत्साहन प्याकेज घोषणा गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सि बुधबार १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने खेलाडीहरुका लागि प्रोत्साहन प्याकेज घोषणा गर्ने भएका छन् । यद्यपि उनी सागको समापन समारोहमा सहभागी हुने छैनन् ।

समापन समारोहको अघिल्लो दिन आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले भने, ‘सम्भवत: पर्सि प्रधानमन्त्रीले खेल क्षेत्रलाई सम्बोधन गर्नुहुनेछ र हालसम्मकै ठूलो प्रोत्साहन प्याकेज घोषणा गर्नु हुनेछ ।’

सागको समापन समारोहमा भने प्रमुख अतिथि उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलछन् । समापन कार्यक्रम भोलि ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा हुनेछ ।

त्यसअघि ३ बजेबाट नेपाल र भुटानबीच पुरुष फुटबलको फाइनल खेल हुनेछ । सिलवालकाअनुसार भुटानी समर्थकहरुका लागि छुट्टै स्थान छुट्याइएको छ । करिव ८ हजार टिकट वितरण गरिनेछ ।

Related Articles

Back to top button
Close