News

आगामी १४ औं ‘साग’ पाकिस्तानमा आयोजना गरिने

आज (सोमबार) बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले आगामी १४ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता पाकिस्तानमा गर्ने निर्णय भएको छ। नेपाल ओलम्पिक कमिटीको बैठकले गरेको निर्णयमा भनिएको छ ‘आगामी १४ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) पाकिस्तानमा आयोजना गर्ने निर्णय भएको छ ।

६ महिनाभित्रमा दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठक पाकिस्तानमा आयोजना गरी १४ औं दक्षिण एसियाली खेलकुदको मिति तय गरिनेछ ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले दक्षिण एसियाली ओलम्पिक काउन्सिलको सचिवालय नेपालमा राख्ने निर्णय पनि गरेको छ। जारि १३ औं साग भने मंगलबार समापन गरिँदैछ ।

Related Articles

Back to top button
Close