News

भारतले मिचेको लिम्पियाधुरा समेटेर नेविसंघले जारी गर्‍यो नेपालको नक्सा, राष्ट्रपतिलाई बुझाउने तयारी

काठमाडौं, २३ मङ्सिर । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भात्रृ संगठन नेपाल विद्यार्थी संघले भारतले आफ्नो राजनीतिक नक्सामा समेटेको नेपालका भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक समावेश गरी नक्सा जारी गरेको छ ।
‘चिनौं सीमाना जोगाऔं माटो’ अभियान सञ्चालन गरेको नेविसंघले सोमबार काठमाडौंको बसन्तपुरमा कार्यक्रम गरी नक्सा प्रदर्शन गरेको हो ।

पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठीको संयोजकत्वमा नेविसंघले एकैसाथ विद्यार्थीलाई अतिक्रमित भूमि समेटेर वास्तविक नक्सा कोर्न लगाएको थियो ।

कार्यक्रममा उपत्यकाभित्रका विभिन्न विद्यालयका विद्यार्थी सहभागी थिए । अब देशैभरि वास्तविक नक्सा कोर्ने अभियान सञ्चालन गरिने नेविसंघ नेता मनिष सिंखडाले बताए ।
त्यसैगरी विद्यार्थीले कोरेको लिम्पियाधुरा समेटेको नक्सा राष्ट्रपतिलाई बुझाउने नेविसंघको तयारी छ ।

Related Articles

Back to top button
Close