News

लाहुरे बने नेपाल आइडल पहिलो सिजनका प्रतिस्पर्धी निशान भट्टराई…

काठमाडौँ / नेपाल आइडलको पहिलो सिजनमा प्रतिस्पर्धी भएर आम संगीत प्रेमी दर्शकहरूको माझ लोकप्रिय भएका निशान भट्टराईले एक पछि अर्को हिट गीतहरू सार्वजनिक गरिरहेका छन् । निक्कै फुर्तिला निशान गाउने मात्र हैन आफ्नो गीतको भिडियो मा आफै अभिनय गर्न समेत अघि सर्छन् । हाल छायाङ्कन हुँदै गरेको उनको अर्को गीतमा पनि उनी आफै अभिनयमा उत्रेका छन् ।

अहिले उनले आफ्नो स्वरमा ‘लाहुर जाने रेल’ बोलको गीतको भिडियो सार्बजनिक गर्ने तयारि गरिरहेका छन् । जसको यतिबेला धमाधम छायांकन भैरहेको उनले हामीलाई बताए । सो गीतमा सब्द तथा संगीत प्रसान्त पौडेलको रहेको छन् भने भिडियोलाई सम्पादन तथा निर्देशन प्रविन भट्टले गर्दैछन् ।नेपाल आईडलको यात्रा पछि उनले धेरै गीतहरु गाईसकेका छन्अ भने नेपालि फिल्मका गीतहरुमा पनि उनले स्वर भरेका छन् । जुन गीतहरु लोकप्रिय बनिसकेका छन् ।

नेपाल आइडल पहिलो सिजनको सेकेन्ड रनरअप निशानले सार्बजनिक गर्न लागेको गीत तथा भिडियोमा एउटा आर्मीले आफ्नो देशको निम्ति गरिएको बलिदान, त्याग र तपस्याका साथै आफ्नो जिबनमा भोग्नु परेको भोगाइ, दुख, कस्ट आदि कथा बस्तुलाई समेटिएको उनले जानकारी गराए ।उनले सो म्युजिक भिडियोका लागि तयारि गरिएको आफ्नो गेटअप तथा लुक्सलाई पनि आफ्नो फेसबुकमा सार्बजनिक गरेका छन् । जसमा उनि सिरुपाते जुंगामा ढलक्क छन् भने आर्मीको भेषमा हतियार बोकेर उभिएका छन् । उनलाई भिडियोमा रिचा न्यौपानेले अभिनयमा साथ् दिएकि छन् । छिट्टै सार्बजनिक गरिने सो गीतको भिडियोलाई अनिल के. मानन्धरले खिचेका छन् ।

Related Articles

Back to top button
Close