News

कुस्तीमा पहिलो पटक स्वर्ण जितेकी संगिताले भनिन्, ‘बाबुको नामै लिन चाहन्न, आमाले भैसीको दुध बेचेर मलाई यहाँ सम्म पुर्याउनुभयो’

काठमाडौं, २३ मंसिर । तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत कुस्ती खेलमा स्वर्ण पदक विजेता भीमदत्तनगरकी सङ्गीता धामीको चर्चा शिखरमा चुलिएको छ । उनले नेपाली कुस्ती खेलको इतिहासमा पहिलोपटक जारी सागमा नेपाललाई स्वर्ण दिलाएकी थिइन् । अहिले उनको गृहनगर खुशियालीले रमाएको छ ।

जनकपुरमा गत शनिबार सम्पन्न ५५ किलो तौल समूहतर्फ उहाँले बङ्गलादेशका सखिरा सरकाररिनेलाई फाइनलमा पराजित गर्दै नेपाललाई महिलातर्फको कुस्ती खेलमा स्वर्ण पदक दिलाएकी थिइन् । “धामीको मेहनत, परिश्रम र नियमित प्रशिक्षणले नेपाललाई सफलता हात लागेको हो ।” प्रशिक्षक राजेन्द्र चन्दले भने ।

तीन वर्षअघि हटौँडामा भएको राष्ट्रिय खेलकूद प्रतियोगिताबाट उहाँले कुस्तीमा स्पर्धा थालेकी थिइन् । “तीन वर्षअघि भीमदत्तनगर छेउछाउका स्कूलहरुमा खेलाडी खोज्दै हिँडेका बेला सङ्गीतालाई यहाँको भृकुटीबाट खेलमा ल्याएको हुँ ।” प्रशिक्षक चन्दले भने, “सङ्गीताको स्वर्णले सबैलाई खुशियाली दिलाएको छ ।” यसअघि बृहत् आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा पनि उनले स्वर्ण पदक हात पारेकी थिइन् ।

उनले प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेकी छन् । स्नातक तहको अध्ययनलाई अघि बढाउने योजनामा लागेको बताउँछिन् । बंगलादेशकी सखिरा सरकाररिनेलाई ४(१ अंकले पराजित गरी स्वर्ण जित्‍न सफल भएकी उनी खुसीले हाँस्‍नुको साटो भावविह्वल हुँदै रोएकी थिइन्। चार छोरीमध्ये साहिँली उनी स्वर्णमा सफल भएपछी चर्चामा छिन्। उनी भन्छिन्, ुबुवाले सानैमा छाडेर जानुभयो।

‘आमाले दूध बेचेर पढाउनुहुन्छ। आमा र गुरुहरुले मलाई यहाँसम्म ल्याइ पुर्‍याउनुभयो।’ छोरीहरुलाई हेला गर्दै बुवाले अर्की बिहे गरेर हिँडेपछि उनीहरुको बिचल्ली भयो। त्यसपछि संगीताकै ठूलोबुवाले उनकै जग्गामा सानो झुपडी हालिदिएका थिए। ठूलोबुवाले बनाइदिएको त्यही झुपडीमा अनेक हण्डर खाएर बढेका संगीता र दिदीबहिनीको संघर्षको यात्रा जारी छ। आमा धनाले उनीहरुलाई ज्याला गरेर हुर्काएकी थिइन्। अहिले पनि छिमेकीले दिएको ऋणले पालेको भैंसीको दूध बेच्‍न थालेपछि जीविकोपार्जन सहज भएको छ। अनेक हण्डर खेपेकी धनाले संगीतामाथिका दुई छोरीको बिहे पनि गराइसकिन्।

‘म १० कक्षामा पढ्दै गर्दा बुवाले अर्को बिहे गर्नुभयो। र, हामीलाई छाडेर जानुभयो, उनले भनिन् उहाँको नाम पनि लिन चाहन्‍नँ’। जे होस् आमाबाट सोचेभन्दा बढी सहयोग पाएकी छु। उनले आफुसंग कुराकानी गरेका मिडियाकर्मीसंग बाबुको नाम नलेख्न आग्रह गरिन् । आफ्नो नाम संग बाबुको नाम जोडेको उनलाई मन पर्दैन ।

बाह्राँै सागदेखि मात्र महिला कुस्तीलाई प्रतियोगितामा समावेश गरिएको थियो । “बाह्रौँ सागमा पनि सुदूरपश्चिमबाट तीन जना महिला खेलाडीले भाग लिएका थिए ।” प्रशिक्षक चन्दले भने, “अहिले यहाँबाट सहभागी अधिकांश महिला खेलाडीले नेपाललाई पदक दिलाएका छन् ।”

त्यसैगरी भीमदत्तनगरका शिवाङ्गी दुबे, अम्बिका भण्डारी र मनिषा सिंह र कोमल खत्रीले पनि पदक प्राप्त गर्न सफल भएका छन् । शिवाङ्गी, अम्बिकाले रजत र मनिषा र कोमलले काष्य पदक हात पारेको प्रशिक्षक चन्दले जानकारी दिए । त्यसैगरी भीमदत्तनगरकी निर्मला जागरीले पनि रजत पदक जितेकी छिन् । पछिल्लो समय सबैभन्दा बढी महिला कुस्ती खेलाडी भीमदत्तनगरबाट साग स्प्रर्धामा पुगेका छन्

“महिलातर्फ सात जनामा छ जना भीमदत्तनगरकै खेलाडी पर्न सफल भएका थिए ।” चन्दले भने, “यो ठूलो उपलब्धिको विषय हो ।” त्यसैगरी पुरुषतर्फ कुस्तीको ७० किलोतौल समूहमा कास्य पदक भीमदत्तनगरका सुरेश चुनाराले दिलाएका थिए

Related Articles

Back to top button
Close