News

बुवाको स्कुटरबाट झरेर स्कुल छिर्न लाग्दा कलिला गोडामाथि गुड्यो ट्रक

कोहलपुर, २३ मंसिर । आईतबार ट्रक दुर्घटनामा परेकी वालिकाको ललितपुरस्थित बिएन्डबी अस्पतालमा उपचार भईरहेको छ । उनको दाहिने खुट्टा का’टि’एको छ भने देब्रे खुट्टामा ग’म्भी’र चो’ट लागेको छ । आईतबार कोहलपुरमा भएको आन्दोलनका घाईतेहरुको उपचारकालागि कोहलपुर नगपालिकाले २ लाख रकम उपलब्ध गराउने भएको छ । सोमवार बसेको कोहलपुर नगरपालिकाको बैठकले यस्तो निर्णय गरेको हो ।

कार्यवहाक मेयर सञ्जु चौधरीको अध्यक्षतामा सोमवार बसेको बैठकले घाइतेको उपचारका लागि तत्काल २ लाख रुपैया सहयोग गर्ने निर्णय गरेको हाउ । बैठकले दुर्घटनामा ग’म्भीर घाईते भएकी बालिका तथा अन्य घाईतेहरुको निशुल्क उपचारकालागि गृहमन्त्रालयलाई पत्राचार गर्ने निर्णय समेत गरेको कार्यवाहक मेयर चौधरीले बताइन् । बैठकले आइतवार भएको घटना प्रति उत्पन्न परिस्थिति प्रति खेद प्रकट गर्दै कोहलपुरवासीलाई संयमित रहन पनि आग्रह गरेको छ ।

घटनाको बारेमा बुझ्न र परिस्थिती बिग्रन नदिन कार्यवाहक मेयर चौधरीको संयोजकत्वमा समिति पनि गठन भएको छ । समितिमा कार्यपालीका सदस्यद्धय डिल बहादुर परियार, नारायणी वली र कोहलपुर वडा नं। ११ का वडाध्यक्ष कर्णबहादुर थापा र १० नं। वडाध्यक्ष निरज चलाउने सदस्य छन् ।

बाँकेको कोहलपुरमा रहेको त्रिभुवन उच्च माविमा कक्षा ७ मा अध्ययनरत वालिका प्रकृती चन्दलाई विद्यालय अगाडी ट्र’कले ठ’क्कर दिएर घाइते भएपछि कोहलपुरमा आइतवार माहोल बिग्रिएको थियो । घाइते बालिकालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं ल्याइएको छ । उनको दुवै खुट्टाको शल्यकृया भएको छ । बालिकासँगै अन्य ३ जनालाई समेत थप उपचारकालागि काठमाण्डौं ल्याइएको छ । बालिकाको काठमाडौं स्थित बिएण्डबी अस्पतालमा उपचार भइरहेको छ । अहिले बालिकाको अवस्था खतरामुक्त रहेको बताईएको छ ।

घटना यस्तो थियो :
कोहलपुरको त्रिभुवन माविमा कक्षा सातमा पढ्ने १२ बर्षीय प्रकृति चन्द बुवासँग स्कुटरमा आइन्। स्कुलनजिक झरेर हिँड्नासाथ उनलाई ट्रकले कि च्यो, ल:छारेर अलि परसम्म पुर्‍यायो। उनका दुवै खुट्टा वी’भत्स ढङ्गले कि:चिएका छन्। स्कुल आउने विद्यार्थीको घुइँचो बढ्दै थियो। स्कुले बालिकालाई ट्रकले कि:चेपछि कोहलपुरमा तना:व उत्पन्न भयो। घटना देखेर उनका सहपाठी र साथीहरु आ:क्रोशित भए। तिनले प्रकृतिलाई किच्ने ना२ख ९४५९ नम्बरको ट्रकमा तत्कालै आ गो लगाए।

विद्यार्थी प्रदर्शन अनियन्त्रित हुँदै गयो। त्यही क्रममा प्र्रहरी त्रिभुवन माविमा छिर्‍यो र एक शिक्षक र विद्यार्थीलाई पक्रिएर निस्कियो। त्यसपछि विद्यार्थी झन् आ क्रोशित भए। प्रहरीमाथि ढु’ङ्गा’मु’ढा हा’ने। प्रतिवादमा प्रहरीले अ’श्रुग्या’स र र’बरका गो’ ली प्र’हा’र गर्‍यो। भीड यिनन्त्रण गर्न प्रहरीले चलाएको रबरको गो’ली ला’गेर १४ प्रदर्शनकारी घाइते भएका छन्। प्रहरीले सै’यौं रा’उ’न्ड र’बर बु’लेट, हवाई फा’यर र अ’श्रुग्यासको से’ल प्र’हार गरेको छ।

कोहलपुर घटना : आन्दोलकारीले फालेका सिसा र ढुङ्गा सफा गर्दै राष्ट्रिय युवा संघ र अनेरास्वावियू (तस्विर सहित)

आईतबार कोहलपुर बजारको माहौल पुरै विग्रियो । प्रदर्शनकारी र प्रहरीबीचको झ:डपले कोहलपुरमा कर्यm्यु समेत लगाउनुपर्ने अवस्था आयो । दिनभरिको प्रदर्शनका क्रममा प्रयोग भएका इट्टाका टुक्रा र सिसा कोहलपुर बजारको सडकभरी छरिएका थिए । जसका कारण सवारी आवागमनमा समस्या परेको थियो । आइतवार दिनभरीको आन्दोलनमा सडकमा फालिएका फोहोर सोमवार विहान विद्यार्थीहरुले नै सफा गरेका छन् ।

अनेरास्वावियू र राष्टिय यूवा संघको अगुवाईमा कोहलपुरको सडक सफा गरिएको हो । विहान आठ बजे देखि विद्यार्थी र युवासंघका कार्यकर्ता सडकमा निस्केर सफा गरेका हुन् । सडकको फोहर सफा गर्न पुरै तीन घण्टा लागेको थियो । झ डपको क्रममा प्रर्दशनकारीहरुले ढु:ङ्गा, इ:ट्टा र सि:साका बोत्तलले सडक भरिएको थियो ।

प्रहरीलाई प्र: हार गरेका ढु:ङ्गा, इ:ट्टा र सिसाका बो:त्तल लगायतका सफाई गरिएको अनेरास्वावियू बागेश्वरी क्याम्पस कमिटि अध्यक्ष हेमन्त भट्टराईले जानकारी दिएका छन् ।
कोहलपुर नेपालगञ्ज सडक खण्डको एनटिभि चोक देखी न्युरोड चोक लगायतका क्षेत्रमा नेपाल कम्युनिस्ट निकट राष्ट्रिय युवा संघ र अनेरास्वावियूले संयुक्तरुपमा सरसफाई गरेको राष्ट्रिय युवा संघका अध्यक्ष कुस्माखर बस्यालले जानकारी दिए ।

Related Articles

Back to top button
Close