News

अस्पतालबाट फर्किएपछि प्रधानमन्त्रीले आज पहिलो पटक डाके मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन्।

नौ दिन लामो अस्पताल बसाइपछि गत बिहिबार बालुवाटार फर्किएका प्रधामन्त्री ओलीले आज पहिलो पटक मन्त्रिपरिषद बैठक बोलाएका हुन्।

बैठक ४ बजे बालुवाटारमा बस्न लागेको एक मन्त्रीले सेतोपाटीलाई बताए।

प्रधानमन्त्री ओली मंसिर १० गते अस्पताल भर्ना भएका थिए। त्यसयता मन्त्रिपरिषद् बैठक बसेको थिएन।

Related Articles

Back to top button
Close