News

ओलीको त्यो काम, जसले गगन थापाको मन जित्यो – सक्दो सेयर गरौँ

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सीमा बिवादमा प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमको दिल खोलेर स्वागत गरेका छन् । भारतले एकतर्फी रुपमा नेपाली भुमि कालापानी र लिपुलेक आफ्नो नक्सामा राखेर सार्वजनिक गरेपछि नेपालमा भारतबिरोधी आन्दोलन चर्किरहेको बेला प्रधानमन्त्री ओलीले सर्वपक्षीय बैठक बोलाएर नेपालको एकमना एकता कायम गर्न खोजेको भन्दैकांग्रेस नेता थापाले दिल खोलेर स्वागत गरेका हुन् ।

कांग्रेस नेता थापाले प्रधानमन्त्रीज्यू सकारात्मक सुरुवात भन्दै सीमा बिवादमा चालेको कदमप्रति समर्थन गरेका छन् । प्रधानमन्त्री ओलीले आज कालापानी र लिपुलेकको बिषयमा पूर्वप्रधानमन्त्री, पूर्वपराष्ट्रमन्त्रीसहित संसदमा रहेका सवै दलका शीर्ष नेता र सिमाविदसहितको सर्वपक्षीय बैठक बोलाएका छन् । सो कामले नेपालको एकतामा सवै दल र नागरिक एकसाथ रहेको सन्देश दिनेछ । कांग्रेस नेता थापाले प्रधानमन्त्रीको यो कमदलाई स्वागत गर्दै नेपाली एक भएर सीमाको रक्षा गर्न लाग्नुपर्ने बताएका छन् ।

‘हाम्रो भूमिमाथिको अतिक्रमण विरुद्ध सबै एकजुट भएर तथ्य र प्रमाण सहित लडौँ। दशकौँ देखि थांति रहेका विवादित विषयको कूटनीतिक तवरले निरूपण गरौँ। हाम्रो स्वाभिमान माथिको हस्तक्षेप र दादागिरीलाई परास्त गरौ,’ प्रधानमन्त्री ओलीको सकारात्मक सुरुवात भन्दै थापाले लेखेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह सर्वदलीय बैठक आह्वान गरेका छन् ।

नेपाली भूमि कालापानी र लिपुलेक आफ्नो भुभागमा पार्दै भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि सो बिषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले आज दिउसो ४ बजे सर्वदलीय बैठक आह्वान गरेका हुन्। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा सो बैठकमा संघीय संसद र प्रदेश संसदमा रहेका सवै दलका शीर्ष नेतासहित पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री,सीमाविद तथा परराष्ट्रविदलाई आमन्त्रण गरिएको छ ।

परराष्ट्र मन्त्रालयले नेपाली भुभाग समेटदै भारतज जारी गरेको नक्सा नेपाललाई मान्य नहुने सार्वजनिक घोषणा गरिसकेको छ भने भारतले उल्टै पुरानै नक्सा रहेको र नेपाली भुभाग नरहेको जिकिर गरेपछि नेपालमा भारतबिरोधी आन्दोलन चर्कदै गएको छ । सत्तारुढ नेकपाकै भातृ संगठन अनेरास्वबियूले देशब्यापी आन्दोलन चर्काएको छ भने भारतीय दुतावाससमेत घेराउ गरिसकेको छ ।

भारतको आपत्तिजनक कामको बिषयमा राष्ट्रिय सहमतिका साथ एउटै धारणा बनाएर भारतसँग मिचिएको सिमा फिर्ता गराउने प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका हुन्। ‘प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएर राष्ट्रिय सहमति कायम गरी भारतलाई आफ्नो गलत काम सच्याउन नेपालको तर्फबाट औपचारिक प्रस्ताव गर्ने र मिचिएको सिमा फिर्ता गराउन नेपालको एकमत बनाउन यो बैठक बोलाइएको हो ।

छलफलमा परराष्ट्रविद्, सीमाविद्, विभिन्न राजनीतिक दलका नेताहरू, नापी विभागका महानिर्देशकलगायतलाई पनि डाकिएको छ । नापी विभागले प्रस्तुत गर्ने नक्सा, तथ्य-प्रमाणका आधारमा छलफल गर्ने र सुझाबसहितको निष्कर्षका आधारमा भारतसँग संवाद अघि बढाउने सोचमा प्रधानमन्त्री ओली छन् ।

Related Articles

Back to top button
Close