News

‘जलपरी’ गौरीकाले पौडीमा फेरी रचिन इतिहास, तीन स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी

काठमाडौं, २२ मंसिर । पौडीबाज गौरीका सिंहले तेह्रौैँ दक्षिण एशियाली खेलकूद (साग) मा अर्को स्वर्णपदक हात पारेर इतिहास रचेकी छन् । सातदोबाटोस्थित पौडी पोखरीमा आइतवार भएको खेलमा गौरीकाले ४०० मिटर फ्रिस्टाइलमा निर्धारित दुरी चार मिनेट २५।२८ सेकेन्डमा पूरा गर्दै स्वर्णपदक हासिल गरेकी हुन् । उनले भारतकी खेलाडी शिवांगी शर्मालाई पछि पार्दै नेपाललाई स्वर्ण दिलाएकी हुन् ।

यससँगै उनले सागको एकै संस्करणमा तीन स्वर्णपदक जित्ने नयाँ कीर्तिमानसमेत कायम गरेकी छन् । यसअघि उनले २०० मिटर ब्याकस्ट्रोक र २०० मिटर रिलेमा नेपाललाई स्वर्ण पदक दिलाएकी थिइन् । त्यसैगरी शिवांगीले निर्धारित दुरी चार मिनेट २६।२२ सेकेन्ड समय लगाउँदै पूरा गरीन् । तेस्रो स्थान हासिल गरेकी श्रीलङ्काकी रामुदी नुदाराले चार मिनेट ४१।९१ सेकेन्डमा दुरी पूरा गरीन् ।

तेह्रौँ साग स् बिच भलिबलमा नेपाललाई कास्य पदक

नेपालमा जारी तैह्रौैँ दक्षिण एशियाली खेलकूद९साग० मा पहिलो पटक समावेश गरिएको बिच भलिबलमा नेपाली महिला टोलीले कास्य पदक जितेको छ ।
फेवाताल किनारस्थित बाराहीघाटमा सञ्चालन भएको प्रतियोगितामा आजको खेलमा नेपालका विनिता बुढाथोकी र नेविका चौधरीको जोडीले नेपालकै कोपिला उप्रेती र मनिषा चौधरीको जोडीलाई २१–१२, १९–२१ र १६–१४ को सेटमा पराजित गरी कास्य जितेको हो ।

पुरुषतर्फ नेपालका दुवै टोली लिग चरणबाट बाहिरिएका थिए भने महिलाका दुवै टोली समूह उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेर नेपाललाई बिच भलिबलमा पदक विहीन हुनबाट जोगाएका थिए । महिला तथा पुरुष दुई विधामा गरी दुई स्वर्ण, दुई रजत र दुई काश्यका लागि भएको स्पर्धामा श्रीलङ्काको महिला र पुरुषको दुवै टोली समूह विजेता बन्दै फाइनल प्रवेश गरेका थिए ।

बिच भलिबलको महिला तथा पुरुष दुवैतर्फको स्वर्ण र रजत पदक श्रीलङ्काले जित्न सफल भयो । पुरुषतर्फ श्रीलङ्काका प्रदीप आसङ्का र असेन कुमाराको जोडीले इन्डिका टिरोन र जायन सनुजाको जोडीलाई २४–२२ र २१–१३ को सोझो सेटमा हराउँदै स्वर्ण पदक जित्न सफल भयो । महिलातर्फ श्रीलङ्काकै दीपिका जेडेरा र मधुशानी वीरासिङ्गेको जोडीले लक्षिनी थारुका र दिनेशा प्रसादनीको जोडीलाई १९–२१, २१–१५ र १५–८ को सेटमा हराएर स्वर्ण जिते ।

पुरुषतर्फ पाकिस्तानका मोहम्मद रज्जाक र वसीन मोहम्मदको जोडीले पाकिस्तानकै जस्नव खान र अफाख खानको जोडीलाई २१–१५ र २१–१४ को सेटमा हराएर पाकिस्तानले कास्य पदक जित्न सफल भयो । यही मङ्सिर १९ गतेदेखि शुरु भएको बिच भलिबलको स्पर्धामा महिलातर्फ आयोजक नेपालसहित श्रीलङ्का र माल्दिभ्स सहभागी थिए भने पुरुषतर्फ नेपालसहित श्रीलङ्का पाकिस्तान, बङ्गलादेश र माल्दिभ्स सहभागी थिए ।

Related Articles

Back to top button
Close