News

बिहानै बाबाको स्कुटरबाट झरेर स्कुल छिर्न लागेकी प्रगतिले यसरी दुबै खुट्टा गुमाउनु पर्यो

बाँकेको कोहलपुरस्थित त्रिभुवन उच्च माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्छिन्, प्रगति चन्द। सधैँझै आइतबार बिहानै उनका बुवाले स्कुटरमा राखेर प्रगतिलाई विद्यालय पुर्‍याए। विद्यालयको गेटअगाडि प्रगतिलाई ओरालेर उनका बुवा अघि बढे। तर प्रगति विद्यालयको गेट पार गर्न सकिनन्।

कोहलपुरबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना २ ख ९४५९ नम्बर ट्रकले विद्यालयकै अगाडि प्रगतिलाई ठक्कर दियो। उनका कलिला खुट्टा ट्रकका चक्काले कुच्चिए। जुत्ता एकातिर, मोजा अर्कैतिर। प्रगति चिच्चाइन्, छटपटाइन्।

आफ्नी साथीलाई ट्रकले किचेको देखेका विद्यार्थी आक्रोशित बने। ट्रकमा ढुङ्गा हान्न थाले, चालकलाई लखेटे। त्यही क्रममा प्रहरी त्यहाँ पुग्यो। प्रहरीले संयमता अपनाएन उल्टै विद्यार्थीलाई कुट्न थाल्यो। । जसलाई भेट्यो उसैलाई प्रहरीले कुटेपछि विद्यार्थी स्कुलभित्र पसे। शिक्षकले प्रहरीलाई विद्यालय हाताभित्र प्रवेश गरेर विद्यार्थीलाई नकुट्न आग्रह गरे।

प्रहरीले कक्षाकोठाबाटै शिक्षक इन्द्र बिसी र केही विद्यार्थीलाई समेत तानेर लग्यो। विद्यालयका शिक्षक ऋषि देवकोटाका अनुसार ८ देखि १० जना विद्यार्थीलाई प्रहरीले प’क्राउ पछि लगेर थु’नेको छ।

उनका साथी र शिक्षकमाथि प्रहरीको व्यवहार देखेर विद्यार्थी झनै एकाएक आ’क्रोशित बने। ती सबै एकैसाथ सडकमा निस्किए। ना’राबा’जी गर्दै प्रहरीमाथि जा’ईलागे। प्रहरी र बिद्यार्थीबीच ढुंगा हा’नाहा’न भयो । स्कुले बालबालिकालाई ढुङ्गा नहान्न आग्रह गर्दा प्रहरीले नेपाली काँग्रेसका स्थानीय नेता कृष्ण कार्कीलाई लाठी प्रहार गर्‍यो।

कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र अधिकारीलाई पनि कुटपिट गर्‍यो। झन्डै तीन हजार विद्यार्थी र स्थानीयका अघि प्रहरीको जोर चलेन। आ’क्रोशित विद्यार्थीले प्रहरीलाई लखेटन् छोडेनन्। प्रहरी ब्याक हुँदै काहेलपुरस्थित आफ्नो कार्यालयसम्म पुग्यो।

विद्यार्थीले बजार बन्द गराउन थाले। यातायात बन्द गराए। ट्रकका आगजनी गरे। त्यहीँ पुगेर पनि विद्यार्थीले ढुंगामुढा गरे। प्रहरीको क्यान्टिनमा आ’गजनी गरे। त्यस क्रममा प्रहरीले झन्डै दुई दर्जन पटक हवाई फा’यर र त्यतिकै संख्यामा अश्रुग्यास हान्यो।

३ विद्यार्थीलाई रबरको गो’ली लाग्यो। प्रहरी र विद्यार्थी बीचको झ’डपमा परेर थप दुई बालक पनि घा’इते भएका छन्। सडकमा घा’इते अवस्थामा फेला परेका विशाल खड्का र भूमिसरा डाँगीलाई रेडक्रसले अस्पताल पुर्‍याएको छ।

झडपमा परी कोहलपुरका प्रमुख डिएसपी हेमबहादुर शाहीसहित थप सात जना प्रहरी पनि घा’इते भएका छन्। घा’इते प्रहरीहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। शिक्षक देवकोटाका अनुसार प्रहरीले अनावश्यक बल प्रयोग गर्न खोज्दा र संयमता नअपनाउँदा कोहलपुर त’नावग्र’स्त गरेको दाबी गरेका छन्।

त्यस्तै घ’टनामाथि राजनीतिक करण गर्न खोजिएको हो कि भन्ने आशंकासमेत पैदा भएको टिप्पणी गरे। उनले घा’इते छात्रा प्रगति थप उपचारको लागि काठमान्डौं लैजान हेलिकप्टर मगाएको जानकारी पनि दिएका छन्।

Related Articles

Back to top button
Close