News

प्रहरीले चलाएको गोली गोली लागेर दुई विद्यार्थी १ दर्जन बढी प्रहरी घाइते

ज्योति कुमार पन्थी,
काठमाडौं । इलाका प्रहरी कार्यालय कोहलपुर परिसरभित्र रहेको क्यान्टिनमा आगजनी गरिएको छ । कोहलपुरमा जारी आन्दोलनकै क्रममा क्यान्टीनमा आगजनी गरिएको हो प्रहरी कार्यालय तोडफोड हुन थालेपछि प्रहरीले ईलाका प्रहरी कार्यालय आसपासको क्षेत्रलाई निषेधित घोषणा गरेको छ ।स्कुले बालिकालाई ट्रकले किचेपछि आन्दोलनमा उत्रिएका विद्यार्थीमाथि प्रहरीले दमन गरेको भन्दै ईप्रका कोहलपुरमा तोडफोड तथा क्यान्टिनमा आगजनी गरिएको हो

।अनियन्त्रित भिडलाई नियन्त्रण गर्न प्रहरीले दजनौं पटक हवाई फायर गरिसकेको छ । प्रहरीले चलाएको गोली लागेर दुई विद्यार्थी गम्भीर घाइते भएका छन्, भने कयौं विद्यार्थी घाइते भएका छन ।अनियन्त्रित भिडले प्रहार गरेको ढुङ्गा लागेर १ दर्जन बढी प्रहरी पनि घाइते बनेका छन् । अवस्था नियन्त्रण बाहिर गएपछि कोहलपुरमा सयौं प्रहरी परिचालन गरिएको छ ।आइतबार बिहान विद्यालय जाँदै गरेकी कोहलपुर वडा नम्बर १० मा रहेको त्रिभुवन माविमा अध्ययनरत छात्रा प्रकृति चन्दलाई कोहलपुरबाट नेपालगन्ज जाँदै गरेको ना २ ख ९४५९ नम्बरको ट्रकले किचेको थियो ।

Related Articles

Back to top button
Close