News

भक्तपुरमा नेकपाले हार्ने बित्तिकै पुर्व-एमाले र पुर्व-माओवादीका कार्यकर्ताबीच आ रोप -प्रत्या रोप सुरु

काठमाडौं, १५ मंसिर । भक्तपुरको प्रदेशसभामा चुनावमा कांग्रेसले जित हासिल गरेपछि नेकपाका कार्यकर्ताबीच आ रोप -प्र त्या रोप सुरु भएको छ । सामाजिक संजालमा पुर्व माओवादी र पुर्व एमालेका कार्यकर्ताबीच आ रोप-प्र त्या रोप सुरु भएको हो ।

जनताले नचिनेका र अघिल्लो चुनावमा ‘बागी’ उठेका पूर्वमाओवादीका डीपी ढकाललाई उम्मेदवार बनाएकै कारण नेकपाले सो क्षेत्र गुमाएको पूर्वएमाले पक्षको आ रोप छ । तथापि आफू बागी नभएर त्यागी उम्मेदार भएको ढकालको दाबी रहँदै आएको छ ।

पूर्वएमालेहरुले डीपी ढकाललाई उम्मेदवार बनाएकै कारण भक्तपुर गुमाउनुपरेको भन्दै गम्भीर समीक्षा हुनुपर्ने बताएका छन् । उनीहरुले पार्टीमा भागबण्डा खोज्न तर जनतामा मत लिने ठाउँमा लोकप्रिय व्यक्ति छाडेर टिकटमा भागवण्डा नगर्न नेतृत्वलाई खबरदारीसमेत गरेका छन् ।

उम्मेदवारका कारण पराजित भएको टिप्पणीहरु आइरहेपछि राष्ट्रिय युवा संघका अध्यक्ष दीपशिखाले भने डीपी ढकालको पराजयप्रति लक्षित गर्दै लेखेका छन्, ‘नेकपाभित्र एउटा प्रवृति छ, आफूलाई पहिलो दर्जाको र अर्कोलाई दोस्रो दर्जाको ठान्ने । चुनावको परिणाममा यो प्रवृत्तिले पनि काम गरेको छ ।’

दीपशीखालाई जवाफ दिँदै अनेरास्ववियुकी कार्यकर्ता अस्मिता थापा लेख्छिन्, ‘टिकट वितरणका बेला पूर्वमाओवादी पक्षले भागबण्डा नखोजेको भए भक्तपुरको प्रदेशसभा र दाङ तथा चितवनका दुई वडा गुमाउने थिएनन् । पार्टीभित्र भागबण्डा खोज्नुस्, तर जनताको मत लिने ठाउँमा जित्ने मान्छे रोज्नुस् कमरेड । डीपी ढकालजस्ता तपाईका प्रिय कमरेडलाई समानुपातिकमा राख्नुस् ।’

तत्कालीन एमाले एक्लैले जितेको चाँगुनारायण नगरपालिकामा माओवादीसमेत मिलेको अवस्थामा नेकपा हारेको हो । सो क्षेत्रमा यसअघि तत्कालीन एमालेका हरिशरण लामिछानेले जितेका थिए । डीपी ढकाल माओवादीको उम्मेदवार बनेर ७८४ मत पाएका थिए । यद्यपि उनले अन्तिममा आफ्नो उम्मेद्वारी नरहेको भन्दै एमालेका उम्मेदवारलाई मत मागेका थिए ।

ढकाल यसपटक कांग्रेसका कृष्ण भँडेलसँग दुई हजारभन्दा बढी मतान्तरमा पराजित भएका छन् । उनले यसअघि एमालेका उम्मेदवारले प्राप्त गरेको मतसमेत जोगाउन सकेनन् । भक्तपुरको पराजयले सत्तारुढ नेकपालाई धक्का लागेको छ ।

Related Articles

Back to top button
Close