Video

राम लिम्बु बने ‘द भ्वाईस अफ नेपाल’ सिजन २ को बिजेता ! पाए कारसँगै यति धेरै पुरस्कार (भिडियो हेर्नुस्)

अन्तराष्ट्रिय फ़्रेञ्चाईज शो तथा गायन विधामा नेपालको ठुलो राशि भएको गायन प्लेटफर्म ‘द भ्वाईस अफ नेपाल’ सिजन २ को आज यतिबेला ग्राण्ड फिनाले कार्यक्रम चलिरहेको छ । ४ कोचका ४ प्रतिष्पर्धी यतिबेला बिजेताको दौडको अन्तिम ढोकामा पुगेका छन् भने ४ जनालाई भोट गर्ने प्रक्रिया खुल्ला नै राखिएको छ ।

अन्तिम चरणसम्म पुगेका राम लिम्बु, सनिश श्रेष्ठ, आरिफ रौफ र बिकाश लिम्बु बिजेताको लागि भिडन्त भएको थियो । देशभित्रै ग्रान्ड फिनाले गर्न तम्सिएको भ्वाईस टिमले काठमाण्डौ स्थित हयात ग्राउण्ड चुच्चेपाटी, बौद्धमा आयोजना गरिएको थियो ।

विभिन्न चरण पार गर्दै ‘द भ्वाईस अफ नेपाल’ सिजन २ को फाइनलमा पुगेका राम लिम्बुले यस वर्षको बिजेता बनेका छन् । बिजेता बनेसँगै उनले पुरस्कार स्वरूप कारसहित नगद र अन्य विभिन्न पुरस्कार प्राप्त गरेका छन् । उनको सांगीतिक जीवनको लागि हार्दिक बधाई तथा सुभकामना छ ।

Related Articles

Back to top button
Close