News

ट्रकले एम्बुलेन्सलाई ठ’क्कर दिँदा तीन दिन अघि जन्मिएका नवजात शिशुको मृ’त्यु

बाँकेबाट दाङतर्फ आउँदै गरेको रा १ ज १६१ नम्बरको एम्बुलेन्सलाई ट्रकले ठ’क्कर दिँदा बाँकेमा एम्बुलेन्स चालक र नवजात शिशुको मृ’त्यु भएको छ। विपरीत दिशा आएको ना ८ ज ५४३२ नम्बरको ट्रकले शनिबार दिउँसो करिब १ बजेर ४० मिनेटमा बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं. २ को जिरो पोइन्ट नजिकै ठक्कर दिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ।

मृ’त्यु हुनेमा सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नं. २ दहगाउँ निवासी २८ वर्षीय चित्रबहादुर सुनार (चालक) र दाङको दंगिशरण गाउँपालिका वडा नं. ५ खलुवाचिस निवासी ३६ वर्षीय तिलकराम खड्का र २४ वर्षीया मालती खड्काका तीन दिनको छोराको मृ’त्यु भएको हो।

दु’र्घटनाबाट तीन दिनकी सुत्केरी र उनका पति गम्भीर घा’इते भएका छन्। उनका पति तिलकराम खड्काको भने अवस्था खतरामुक्त रहेको प्रहरीले बताएको छ। तीन दिनअघि छोरा जन्मिएपछि खड्का परिवार नवजात शिशु ल्याएर घरतर्फ आउँदै गर्दा दु’र्घटनामा परेको हो। मालतीको बाँके कोहलपुरस्थित मेडिकल कलेजको उपचारपछि थप उपचारको लागि उनलाई बुटवल रिफर गरिएको प्रहरी जनाएको छ।

Related Articles

Back to top button
Close