News

छोराछोरीको पढाइ खर्च र लागेको ऋण तिर्न भन्दै मलेसिया पुगेका रमेश बा’कसमा फ’र्किए

वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुग्नु भएका छविसपाथिभेरा गाँउपालिका ७ का रमेशबहादुर बोहराको शुक्रबार अन्तिम दा’हसंस्कार भएको छ । आठ वर्षीय छोरा अंकितले बुवालाई दा’गबत्ती दिए । छोराछोरीको पढाइ खर्च, घरायसी खर्चसँगै गाँउघरमा आफूले काम गर्दा लागेको ऋण तिर्न भन्दै बोहरा २०७४ सालको पालिका चुनावपछि मलेसिया पुगेका थिए ।

कामको सिलसिलमा मलेसियामा रहेका बोहोरा गएको मंसिर १३ गते सुत्ने कोठामा मृ’त अवस्थामा फे’ला परेका आफन्तले बताएका छन् । शुक्रबार छविसपाथिभेरा गाँउपालिकाको खोरीगाड दोभानमा उहाँको दा’हसंस्कार गरिएको हो । बोहराको मृ’त्यु कसरी भयो भन्ने कुरा अहिलेसम्म थाहा भएको छैन । कतिपयले बोहराको मृ’त्यु हृ’दयघातका कारणले भएको हुनसक्ने बताएका छन् ।

बोहरा पालिकाको चुनावमा नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्ष पदको उम्मेदवार पनि थिए । त्यो चुनावमा बोहरा १०२ मतले प’राजित भएका थिए । चुनावमा भएको आधाभन्दा बढी खर्चको ऋण रमेशले दुई वर्षमा नै तिर्नु पनि भयो । ‘पालिकाको चुनाव निकै खर्चिलो भयो’, उहाँकी पत्नी अन्जनादेवीले भावुक हुँदै भन्नुभयो, ‘ऋण तिर्न भन्दै विदेश गएका थिए ।

पैसा पठाउँछु, ऋणको केही चि’न्ता नलिनु भन्थे तर आज आएर आफै बा’कसमा फ’र्किए ।’‘छोराछोरीको पढाइ खर्चका लागि पनि पैसा जम्मा गर्नुपर्छ भनेर रमेश मलेसिया पुग्नुभएको हो । तर आज आएर यो दिन देख्नु पर्‍याे । अबको चैत महिनाभित्र त घरमा आउँछु, चिन्ता नलिनु भन्दै हुनुहुन्थ्यो तर आज …’, अन्जनाले भन्नुभयो । उहाँका दुई छाेरी र एक छाेरा छन् । जेठी छाेरी १० वर्षीया, ८ वर्षका छोरा र ३ बर्षकी छोरी छन् ।

Related Articles

Back to top button
Close