Video

राजधानीका घरधनिहरु मारमा, न घरभाडा न सरकारी राहत (भिडियो रिपोर्ट)

काठमाडौं, ३ बैशाख । विश्वभर महामारीको रुप लिईरहेको कोरोना भाइरस कोभिड-१९ ले नेपालमा पनि प्रत्यक्ष असर पारेको छ । त्यसैले यसको संक्रमण रोक्न अपनाइएको एउटा मात्र उपाय सामाजिक दुरी कायम र लकडाउन हाल नेपालमा पनि जारी रहेको छ ।

माहामारीबाट बाच्न लकडाउन गरेपछि मानिसको गुजारामा भने प्रत्यक्ष असर परेको छ । अहिले ब्यापारी, किसान देखि दैनिक ज्यालादारीलाई प्रत्यक्ष समस्यामा पारेको अवस्था छ । मुलुकमा परेको विषम परिस्थितिमा सहयोग गर्न सर्वसाधारण र व्यवसायीहरुले सरकारसँग अपील गरेका छन् ।विकशित देशले राहतको विभिन्न प्याकेज ल्याइसकेको अवस्था छ । तर नेपालमा भने त्यस्तो ठोस राहत प्याकेज केहि आइसकेको अवस्था छैन ।

यता सरकारले घर धनीहरुलाई तीन महिनाको घर भाडा नलिन आग्रह गरेपनि अधिकांश घरधनीहरु सरकारको आग्रह पालना गर्ने पक्षमा छैनन् । सरकारले घर धनीको पनि मार्का बुझ्नु पर्ने बताउछन । एक घरधनि भन्छन – ”यस्तो महामारीमा सबैलाई पिडा छ । यसको मतलब यो हैन की हामी आफै दलदलमा फसेर आफै म रेर चाही अरुलाई उकास्न सकिदैन । सरकारले बैंकको बाकी ऋण मिनाहा गरिदिए वर्ष दिन सम्म पनि घरभाडा लिदैनौ ।”

अर्का घरधनी भन्छन – ‘घरवालालाई पनि त केहि गरेर खाने स्रोत हुनु पर्यो । भाडावालको मात्र दुख हेरर हुदैन ।’ घरभाडाले नै घर खर्च चलाउनेलाई सरकारको यो आह्वान स्वीकार्य नभएको उनि बताउछन । यस्तो विषम परिस्थितिमा एकअर्काको पीडा बुझ्नुपर्ने भएपनि अधिकांश घरधनीहरु सरकारको अपील व्यावहारिक नभएको तर्क गरिरहेका छन् ।

यता डेरामा बस्नेहरु भने कामधन्दा सबै चौपट भएर बस्नुपरेको समयमा घरभाडा मिनाहा गर्नुको साटो घरधनीहरुले बारम्बार पीडा दिने गरेको गुनासो गर्छन् ।उपत्यकाका अधिकांश घरधनिको मुख्य आयस्रोत नै घरभाडा भएको देखिन्छ । लकडाउन भएपछि कतिपय घरभाडामा बस्नेहरु भाडा नै नबुझाई गाउउ गएकोले मर्कामा परेको घरबेटी बताउछन ।

यता काठमाडौँ महानगर पालिकाका उपमेयर हरिप्रभा खड्गी पनि घरधनिको पीडाको विषयमा पनि सरकारले सोच्नु पर्ने बताएका छन । काठमाडौँको मध्यम वर्गीय घरधनिहरुको प्रमुख आयस्रोत नै घर बहाल भएको तर त्यहि बहाल सरकारले नलिनु भनेपछि उनीहरु मारमा परेका छन । बहालमा बस्नेलाई राहत पनि मिल्ने घरभाडा पनि छुट हुने तर घरधनिहरुलाई मुख्य आयस्रोत घर बहाल पनि नआउने र कुनै राहत पनि नआउने भएपछि उनीहरु प्रत्यक्ष मारमा परेको खड्गी बताउछन ।भिडियो रिपोर्ट :

Related Articles

Back to top button
Close