Intresting

के तपाईले गर्ने पूजामा विधि पुगेको छ ? हेर्नुस् यस्तो छ बैदिक विधि

यदि तपाँइले हिन्दु धर्म मान्नुहुनछ भने अवस्य पनि नियमित पूजा अर्चना गर्नुहुन्छ । किनकी हिन्दु धर्ममा विहान स्नान, जप तथा संकल्प गरि पूजा गर्ने चलन छ । कुनै पनि देवी देवताको पूजा शुरू गर्नुपूर्व स्नान जत तथा संकल्प पूजा विधिको अनिवार्य कार्य हो ।

ज्योतिषशास्त्रका अनुसार हामीले सही तरिकासँग र विधिसंग ब्रम्हणको सहयताले पूजा गरेमा फल पनि छिटै पाइन्छ । त्यसैते पूजा गर्न यस्तो संकल्प र विधि अनुसरण गर्नु उत्तम मानिन्छ ।

पूजा शुरु गर्दा आफेनो इष्टदेवलाई संझेर वा स्वयंलाई साक्षी मानी संकल्प लिएमा फल मिल्ने विश्वास छ । यसैगरी पूजालाई अधुरै नछाड्ने संकल्प पनि गर्नुपर्दछ ।

संकल्प गर्दा हातमा जल लिनुपर्छ । किनकी यस पूरै सृष्टि पञ्चमहाभूत (अग्नि, पृथ्वी, आकाश, वायु र जल) मा भगवान गणपति जल तत्वको अधिपति हुनुहुन्छ । यसकारण श्रीगणेशको सामुन्य बसेर संकल्प लिइन्छ । किनकी श्री गणेशको कृपाले पूजा कार्यमा कुनै अवरोध आउँदैन ।

यसरी पूजा संकल्प गरेर गरेको पूजा फलदायीहुने मात्र होइन हाम्रो संकल्प शक्ति मजबूत हुने विपरित परिस्थितीको सामना गर्नका लागि शक्ति पनि मिल्ने विश्वास गरिन्छ ।

Related Articles

Back to top button
Close