Video

नयाँ वर्षको दिनमा एउटी आमालाई पर्यो यस्तो बिपत्ती, १८ महिने छोरा बचाइदिनुस् भन्दै रुँदै गरिन् याचना (भिडियो हेर्नुस्)

काठमाडौं । कोरोना फैलन नदिन सरकारले घोषणा गरेको लकडाउनका कारण दैनिक ज्याला गरेर खाने मजदुरको अहिले बेहाल भएको छ । उनीहरु खानेकुरा जुटाउने पिरलोमा छन् । भोको पेट भएका मजदुरका परिवारमा त्यसले अरु विपद पनि निम्त्याएको छ । यो भिडियोमा देखाइएको परिवारमा भोको पेटले निम्त्याएको अर्को विपद हो । घरमा खानेकुरा नभएपछि आमाबुवाबीच वि वा द भयो । श्रीमानले ताकेर श्रीमानले धारामा प्रयोग हुने पाइपले प्र हा र गरे । तर त्यो गएर १८ महिने बालक छोरालाई लाग्यो । अहिले ति १८ महिने छोरा आइसियुमा उपचारार्थ छन् ।

लकडाउनका कारण एकातिर दुई छाक जोड्ने अवस्था छैन भने त्यसै माथि आफ्नो सानो काखे बालक जिवनको संघर्षमा छ । आफ्नो सानो छोरालाई बचाइदिन आग्रह गर्दै आमाले सबैसंग पुकारा गरेकी छन् । अहिले काठमाडौंको बालकान्ती अस्पतालमा उपचार भइरहेका बालकलाई बचाउन आमाले सबैसंग सहयोगको याचना गरेकी हुन् । बालकका बुवा अहिले फ रा र छन् । धाराको पाइपले १८ महिनाको छोराको टाउकोमा लागेको छ । चिकित्सले टाउकोमा र ग त जमेको र तत्काल शल्यकृया गर्नुपर्ने बताएका छन् । तर आमाले एक दाना पनि खाने अन्न नभएको बेलामा म यो छोरालाई बचाउने पैसा कसरी ल्याउँ भन्दै आमाले रुँदै बिलौना गरेकी छन् ।

छिमेकीले पनि उनीहरुको आर्थिक अवस्था निकै कमजोर रहेको र त्यसैका कारण श्रीमान र श्रीमतीबीच वि वा द उत्पन्न भएको बताएका छन् । बच्चाको आमाले आफ्नो हातमा पैसा नदिए पनि सिधै अस्पतालमा आएर छोराको उपचारका लागि लाग्ने पैसा चिकित्सकलाई नै तिरिदिन आग्रह गरेकी छन् । चिकित्सकले बच्चाको अवस्था ग म्भि र रहेको बताएका छन् । एक गास खाने अवस्था पनि नभएको बेलामा छोराको उपचारका लागि पैसा जुटाउन उनले भिडियो मार्फत आग्रह गरेकी छन् ।

चिकित्सकले बालकको टाउकाको शल्यकृया गर्न ६० हजार लाग्ने बताएका छन् । लामो समय देखिको लकडाउनका कारण एकातिर दैनिक काम गरेर खानेहरुको जिवन निकै पी डादायी बनेको छ भने अर्को तर्फ त्यसले पारीवारीक क ल ह पनि उब्जाएको छ । अभावका कारण परिवारका सदस्यहरुबीच स म स्या उत्पन्न भएको छ । भोकले एकातिर सताएको छ भने पारिवारिक जिम्मेवारी अर्कोतिर थपिदा जिवन नै तहसनहस भएको छ । त्यस्तै परिणतीको उपज हो यो आमालाई परेको पीडा ।

Related Articles

Back to top button
Close