Video

मोटाउँदा पनि कम राम्री छैनन् जल शाह : फेरी फर्कदैछन् नेपाली फिल्ममा, यसरी सुनाइन् योजना (भिडियो हेर्नुस्)

काठमाडौं । कुनै जमानाकी निकै चर्चीत नायीका हुन् जल शाह । कुनै समय नेपाली फिल्मवाट आफ्नो नामलाई परिचित गराएकी नायीका जल शाह अहिले चलचित्र क्षेत्रमा छैनन् । उनी अहिले नेपालमा पनि छैनन् । लामो समय देखि अमेरिकामा बस्दै आएकी छन् । शरद रिमालसंग विवाह गरेकी जल शाह एक्कासी अमेरिका पुगेकी हुन् । अमेरिकामा लामो समय देखी बस्दै आए पनि उनी बेलाबखत नेपाल आइरहन्छिन् । दुई वर्ष अघि अमेरिकामै आमा गुमाएकी शाहले नेपालमा आएर उनको स्मृतिमा कार्यक्रम पनि गरेकी थिइन् । उनकी आमा साहित्यकार हुन् ।

अमेरिकामा बस्न थालेपछि नेपाली फिल्म क्षेत्रवाट हराएकी जल शाह सामाजिक क्षेत्रमा भने निकै सकृय छन् । उनी अहिले एक छोरीकी आमा बनेकी छन् । उनले दर्जनौं फिल्ममा उनले खेलेकी छन् । उनी अहिले निकै मोटाएकी छन् । उनी ८० किलो तौलकी छन् । तर उनले आफ्नो तौललाई कुनै ठूलो रुपमा लिन्नन् । उनले आफु मात्र होइन भारतीय फिल्म क्षेत्रका नायीकाहरु पनि मोटाउने गरेका छन् । उनले भनेकी थिइन् भारतीय नायीका रानि मुखर्जी, सोनाक्षि सिन्हा पनि कति मोटाएका छन्, तर उनीहरु निरन्तर शारिरीक कसरत गरिरहन्छन् । उनीहरु मोटाएको तपाईहरुलाई वास्ता हुँदैन तर तपाईहरु जल शाह मोटाएको थाहा पाउनुहुन्छ ।

उनले आफु आमाको कारण फिल्म क्षेत्रमा आएको बताउँछिन् । आफु एसएलसी दिदा देखि नै फिल्म क्षेत्रमा खेल्न थालेको बताउँछिन् । उनले आफ्नो क्षमता बुझ्ने क्षमता आफ्नो आमामा रहेको र आमाको चाहना पनि पुरा गरेको बताउँछिन् । उनले नायक राजेश हमालसंग फिल्ममा रोमान्स गरेको भएपनि राम्रो अभिनयमा उनलाई भुवन केसी लाग्छ । अहिलेका उनका छोरा क्युटभन्दै छोरा भन्दा पनि अहिले पनि उनलाई भुवननै हेन्सम लाग्छ ।

नायीकाको रुपमा १२ वर्ष नेपाली फिल्ममा विताएकी उनी फेरी पनि नेपाली फिल्ममा आउन चाहन्छिन् । तर त्यो कहिले फिल्ममा फर्कने भन्ने योजना पनि बनाएकी छैनन् । आफ्नो छोरी सानी भएका कारण उनले फिल्ममा अहिले नै फिल्ममा समय दिन नसक्ने बताएकी छन् । उनले योजना बिना नै भएका घटना मध्य उनले विवाह र अमेरिकामै बसेको कुरालाई बताएकी छन् । उनले आफु छिट्टै नेपाली फिल्ममा आउने संकेत भने गरेकी छन् । यो क्षेत्रमा म केही न केही गरिरहन्छु, तर अब नायीकाकै रुपमा होइन अब मेरो भूमिका फेरीन सक्छ ।

Related Articles

Back to top button
Close