News

कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ९ पुग्यो

दोहा / कुवेतमा सुक्रबार थप ५ जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । कुवेतमा यसअघि ४ जना नेपालीमा कोरोना पोजेटिभ देखिएको थियो । सुक्रबार थप ५ जनामा कोरोनाको संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ९ पुगको छ ।

कुवेतमा कोरोना भाइरसबाट ८३ जना नयाँ सङ्क्रमित थपिए संगै सङ्क्रमितको संख्या ९९३ जना पुगेको कुवेतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सङ्क्रमित मध्ये २६ जनाको अवस्था गम्भीर रहेको छ भने १२३ जना अस्पतालबाट निको भएर घर फर्किएका छन् । एक जनाको मृत्यु भएको छ ।

कुवेत सरकारले कोरोना सङक्रमण रोकथामका लागि रातीको समयमा अनिश्चितकालिन कर्फ्यु लगाएको छ । कर्फ्यु नमानेमा जेल सजाय र १० हजार कुवेती दिनार जरिवाना हुन्छ । त्यसैले सुरक्षित रहन र कर्फ्युको पालना गर्न कुवेतस्थित नेपाली दूतावासले सम्पूर्ण नेपाली समक्ष अनुराेध गरेकाे छ ।

Related Articles

Back to top button
Close