News

खसीको मासु प्रतिकिलो १८ सयमा बेचेपछि आई कालु मिट सेन्टरलाई २ लाख रुपैयाँ जरिवाना

२८ चैत । काठमाडौं :

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले खसीको मासु १८ सय प्रतिकिलोमा बेच्ने एक पसलेलाई दुई लाख जरिवाना तिराएको छ ।

राजधानीको शंखमूलस्थित आई कालु मिट सेन्टर कारबाहीमा परेको छ ।

खुसीको मासु प्रतिकिलो १८ सय रुपैयाँमा बेचेका कारण सेन्टरलाई कारबाही गरिएको हो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले सेन्टरलाई २ लाख रुपैयाँ जरिवाना तिराएको हो ।

कोरोना सन्त्रासको मौका छोपेर सो पसलले खसीको मासु प्रतिकिलो १८ सय रुपैयाँमा बेच्दै आएको थाहा पाएपछि विभागको टोलीले छड्के जाँच गरेको थियो ।

सामान्यतथा राजधानीमा खसीको मासु प्रतिकेजी १ हजारदेखि १ हजार २ सय सम्म पर्ने गरेको छ ।

बजार मुल्य भन्दा लगभग डेढगुना मुल्य लिएर मासु बेचेपछि कालु मिट सप कार्वाहीमा परेको हो ।

Related Articles

Back to top button
Close