News

मन्त्रिपरिषद् बैठक सर्‍यो, २ बजे नै बस्ने

काठमाडौं– दुई सातादेखि जारी लकडाउन थप गर्ने विषयमा छलफल गर्न सोमबार दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।

सोमबार दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषद् बैठक दुई घण्टा अगाडि सारिएको छ । बैठकले लकडाउन थप गर्ने निर्णय गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले बताएको छ । मन्त्रिपरिषद् बैठक अगाडि नोबेल कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठक बस्नेछ ।

सरकारले नेपालमा कोरोनाको महामाारीबाट जोगिन चैत ११ गते पहिलोपटक सात दिनका लागि लकडाउन घोषणा गरेको थियो । दोस्रोपटक चैत १७ गते बसेको मन्त्रिपरिषद् बैठकले पुनः दोस्रोपटक लकडाउनको अवधि थप सात दिन लम्ब्याएको थियो ।

Related Articles

Back to top button
Close