News

‘चुनावमा उठेकाे ऋण तिर्न मलेसिया पुगे, बाकसमा फर्किए’

चीनले काठमाडौंदेखि पोखरा र पोखरादेखि लुम्बिनी रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाललाई हस्तान्तरण गरेको छ । प्रतिवेदनमा यी दुई रेलमार्ग बनाउन ठूलो भौगोलिक जटिलता नरहेको उल्लेख छ । नेपाल चीनबीच केरुङ–काठमाडौं सीमापार रेल निर्माण गर्ने समझदारीमा नै काठमाडौं–पोखरा र पोखरा–लुम्बिनी रेलमार्ग पनि बनाउने उल्लेख थियो ।

चीनले गरेको प्रारम्भिक अध्ययनमा काठमाडौं–पोखरा रेलमार्ग करिब १६८ किलोमिटरको हुने देखिएको रेल विभागका सिनियर डिभिजन इन्जिनियर तथा प्रवक्ता अमन चित्रकारले बताएका छन्। उनका अनुसार यो रेलमार्ग काठमाडौंबाट कुरिनटार भएर पोखरा जानेछ ।

यसैगरी पोखरा–लुम्बिनी रेलमार्ग कुरिनटारबाट भरतपुर हँदै बुटवल र त्यहाँबाट लुम्बिनीको मायादेवी मन्दिरको परिसरसम्म पुग्नेछ । यो रेलमार्ग करिब १५७ किलोमटर लामो हुनेछ ।

यो रेलमार्ग भरतपुरबाट बुटवलसम्म पूर्वपश्चिम रेलमार्गमा पनि जोडिने सम्भावना छ । बुटवलबाट लुम्बिनीसम्म भने थप रेलमार्ग बनाउनुपर्नेछ । योजना अनुसार रेल मार्ग निर्माण भएर चीनबाट चढेका यात्रु काठमाडौं हुँदै सिधै पोखरा र लुम्बिनीमा उत्रनेछन् । यी रेलमार्ग केरुङ काठमाडौं रेलमार्गभन्दा निर्माणका लागि सहज हुने चित्रकारले बताएका छन् ।

यी दुबै रेलमार्ग निर्माण गर्दा करिब १० देखि १२ किलोमिटर मात्रै सुरुङ निर्माण गरे पुग्नेछ । केरुङ–काठमाडौं रेलमार्गमा भने अधिकांश खण्डका सुरुङ र पुल बनाउनुपर्ने देखिएको थियो । काठमाडौं–पोखरा रेलमार्गका लागि करिब ३ खर्ब ५० अर्ब र पोखरा–लुम्बिनी रेलमार्गका लागि करिब ३ खर्ब लागत अनुमान गरिएको छ ।

नेपाल र चीनबीच गत हप्तामात्रै काठमाडौं–केरुङ, काठमाडौं पोखरा र पोखरा–लुम्बिनी रेलमार्गको विस्तृत सम्भाब्यता अध्ययन गर्ने समझदारी भएको छ । चीनले आफ्नै खर्चमा यी रेलमार्गको सम्भाब्यता अध्ययन सुरु गर्दैछ । यी रेलमार्गको वातावरणीय अध्ययन भने नेपालले गर्नेछ ।

Related Articles

Back to top button
Close