News

मनकामना केबलकार चैत मसान्तसम्म बन्द

६ चैत, काठमाडौं ।

मनकामना केबलकार चैत मसान्तसम्म बन्द भएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोनाको भाइरसलाई मध्यनजर गर्दै बन्द गर्ने निर्णय गरिएको मनकामना दर्शन प्रालिका नायव महाप्रबन्धक डीएन कायस्थले जानकारी दिए ।

शनिबारदेखि लागू हुने गरी चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरिएको नायव महाप्रबन्धक कायस्थले बताए ।

उच्चस्तरीय समितिले भिडभाड नगर्न र भिडभाडयुक्त कार्यक्रम र जमघट बन्द गर्ने निर्णय गरेपछि जिल्ला प्रशासन कार्यालय चितवनले केबलकार पनि बन्द गर्न निर्देशन दिएको थियो ।

गोरखाको मनकामना मन्दिर दर्शनका लागि दैनिक सयौं जनाले यो केबलकारको प्रयोग गर्ने गर्छन् भने मन्दिरमा पनि भिड लाग्ने गर्छ ।

साथै चितनमा सञ्चालनमा आएका हाटबजारहरु, सिनेमा हललगायत अन्य जमघटस्थलहरु पनि अर्को सूचना जारी नभएसम्म बन्द गर्न प्रशासनले निर्देशन दिएको छ । कोरोनाको संक्रमणको रोकथामको लागि सरकारले हिजो नै एसइइ परीक्षा सिटिइभिटी त्रिभुवन विश्वविद्यालय लगायतका कुनै पनि परीक्षा अर्को सूचना नआउन्जेल सम्मको लागि स्थगित गर्ने निर्णय गरेको छ ।

साथै फिल्म हल, जिम क्लव र बढी भिडभाड हुने स्थानमा २५ जना भन्दा बढी भेला नहुन समेत अनुरोध गरेको छ ।

Related Articles

Back to top button
Close