News

रबि लामिछानेले लाइभमै आएर जानकारी दिँदै भन्नुभयो भोलिदेखि सुरु हुने पर्ने एसईई परिक्षा स्थगित

कोरोना भाइरसको सं-क्रमण रोक्न नेपाल सरकारले केहि नियम बनाएको छ । नेपाल सरकारले गरेको निर्णयको जानकारी गराउँदै रबि लामिछानेले लाइभमै आएर सबैलाई सचेत गराउनु भएको छ ।

यस वर्षको एसईई परिक्षा भोलि देखि सुरु हुने भएको थियो तर आज सरकारले बनाएको नयाँ नियम अनुसार भोलिदेखि हुने परिक्षा स्थगित भएको छ । २५ भन्दा धेरैजना भेला नहुने पनि सरकारले निर्णय गरेको छ ।

सिनेमा हल, जिम, नाइट क्लब तथा स्कुल कलेजलगायत सबै बन्द रहने सरकारले निर्णय गरेको छ । आजको यस नियमले सबैभन्दा धेरै असर भोलिदेखि सुरु हुने एसईईको परीक्षाको लागि आफ्नो गाउँ देखि टाढा बस्न आएकाहरुलाई हुने भएको छ ।

एसईईको परीक्षाको पुर्व सन्ध्या मात्र यो निर्णय गरेपछि अहिले पनि आधा भन्दा धेरै जना विद्यार्थीहरुले यो निर्णय बारे जानकारी पाएका छैनन । तेहिभ्येर पनि सबैले आआफ्नो तरिकाले जति हुन् सक्छ सबैलाई जानकारी गराउनुहोला ।

Related Articles

Back to top button
Close