News

कोरोना भाइरसले अमेरिकामा २ देखि २२ लाखसम्म मानिसको मृ’त्यु हुन सक्ने प्र’क्षेपण

एजेन्सी , अमेरिकामा को’रोना भा’इरसको संक्रमण बढ्दै गएको छ। अमेरिकाका ५० वटै राज्यमा पुगेको को’रोनाको संक्रमण आउने महिनामा झनै तीव्र गतिले फैलिने अनुसन्धानकर्ताहरूले चे’तावनी दिएका छन्। साथै फरक-फरक अध्ययनले धेरै मानिसको मृ’त्यु हुने जनाएका छन्। न्युयोर्क टाइम्सका अनुसार सरकार र नागरिकले को’रोना भाइरस (को’भिड-१९) वि’रूद्ध ल’ड्न ब’लियो सतर्कता अपनाएनन् भने २२ लाख सम्म अमेरिकी नागरिकको मृ’त्यु हुन सक्ने बेलायती अनुसन्धानकर्ताहरूले जनाएका छन्। बेलायती अनुसन्धानकर्ताको चेतावनीपछि अमेरिकामा मानिसको सार्वजनिक ज’मघटमा थप क’डाइ गरिएको छ।

अध्ययन सार्वजनिक हुनुअघि आइतबारसम्म ५० जनाभन्दा धेरै मानिस एकै ठाउँमा जमघट नहुन भनिएको थियो। अमेरिकन सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रि’भेन्सन (सिडिसी)ले तोकेको सो संख्यालाई राष्ट्रपति कार्यालय ह्वाइट हाउसले सोमबार १० मा झारिदिएको न्युयोर्क टाइम्सले जनाएको छ। को’रोनाबाट हुन सक्ने मा’नवीय क्ष’तिका सम्बन्धमा अमेरिकामा पनि विभिन्न अध्ययन र प्रक्षेपण भएका छन्। न्युयोर्क टाइम्सका अनुसार सिडिसीकै अध्ययनले पनि अमेरिकामा कम्तिमा २ देखि १७ लाखसम्म मानिस मर्न सक्ने प्रक्षेपण गरेको छ।

त्यस्तै नेब्रास्का विश्वविद्यालयको एक अध्ययनले ४ लाख ८० हजारसम्म अमेरिकीको को’रोना भा’इरसका कारणका मृ’त्यु हुन सक्ने जनाएको छ। अहिले ती’व्र गतिमा फैलिरहेको को’भिड-१९ अमेरिकामा आउने महिनाहरूमा झनै र’फ्तारका साथ फै’लिन सक्नेछ ।जुनको मध्यदेखि मात्र यसको संक्रमणमा कमी आउने अनुसन्धाकर्ताले जनाएका छन्। को’रोना भा’इरसको वि’स्तारलाई कम गर्न सार्वजनिक यातायात कम गर्ने, विद्यालय, सिनेमा हल, रेष्टुरा बन्द गर्ने, सार्वजनिक ज’मघटलाई दु’रूत्साहित गर्नेलगायतका उपाय अपनाउन सुझाइएको छ।

को’रोनाविरूद्ध भ्या’क्सिनको विकास गर्न संसारभर प्रयत्न भइरहेका छन्। यही सातामात्रै अमेरिकाको सियाटल शहरमा मानिसमा पहिलो पटक त्यस्तो भ्या’क्सिनको प’रीक्षण गरिएको छ। उक्त भ्या’क्सिन सु’रक्षित र प्र’भावकारी भएको प्र’माणित हुन र बजारमा उपलब्ध हुन करिब १२ देखि १८ महिनासम्म लाग्ने जनाइएको छ।

Related Articles

Back to top button
Close