News

मिना ढकालको विवाह योजना, २ लाखको लेहेंगा लगाउँछु, वेहुलालाई पनि दौरासुरुवाल आफैले तयार पारिदिन्छु (भिडियो हेर्नुस्)

काठमाडौं । मीन ढाका सामाजिक संजामा चर्चित छिन् । चर्चित कमेडियन मनोज गजुरेलको पूर्वपत्नी समेत रहेकी ढकाल अहिले एक्लो जिवनमा निकै खुसी देखिन्छिन् । उनी अहिले बानेश्वरमा वुटिक चलाउँछिन् । टिकटक र फेसबुकमा सर्बाधिक नोटिसमा रहने मिनाले विभिन्न विषयमा प्रतिकृया दिन्छिन् । उनले सामाजिक विषयमा प्रतिकृया दिने भएकाले उनीसंग थुप्रै युट्युवर पुग्ने गरेका छन् । उनले पोष्ट गर्ने भिडियो र लेखहरुले सबैको ध्यान तान्ने गर्दछ ।

उनले मनोज गजुरेल स्टेजमा कमेडीयन भए पनि घरमा भने कमेडीयन नभएको बताइन् । उनले त्यती बेला सेन्स अफ हु्युमरको काम गर्ने गरेको पनि बताइन् । उनले आफु घरमा कमेडीयन भएको बताइन् । हालै मनोज गजुरेल जज रहेको टेलिभजिन शो कमेडी च्याम्पियन सम्पन्न पनि भएको छ । कमेडी च्याम्पियन हिमेश पन्त भएका छन् ।

मिनाले हिमेश नै हुन्छन् भन्ने लागेको पनि बताइन् । हिमेश वाइल्ड कार्डवाट इन्ट्री नभएका कारण हिमेश नै भएकोमा राम्रो भएको बताइन् । मीनाले शोको बारेमा भित्री कुरा खोलेकी छिन् । यता विबाह बन्धनमा बाधिएकी अभिनेत्री आंचल शर्मा र पूर्वमिस नेपाल उषा खड्गीको सम्बन्ध बिच्छेदका बारेमा समेत मिनाले खुलेर जवाफ दिएकी छिन् ।

उनले उषा खड्गीले सम्बन्ध विच्छेद गर्दैछु भनेर सामाजिक सञ्जालमा लेखेको स्टाटसमा राम्रो भनेर प्रतिकृया दिएकी थिइन् । सो विषयमा पनि उनले भिडियोमा उषाले राम्रै निर्णय गरेको बताएकी छन् । उनले हिँसा सहेर बस्न नहुने भन्दै त्यसो गर्नु राम्रो भएको बताइन् । उनले समाजका महिलाहरुले आफुमा भएको हिंसा लुकाएर बस्ने गरेको बताइन् । कुनै पनि महिला सम्बन्ध विच्छेद गर्न नचाहने र त्यो महिलाले सहन सक्ने क्षमता भन्दा बाहिर भएपछि मात्र गर्ने भएकाले उषाले गरेको निर्णय पनि राम्रो भएको बताएकी हुन् ।

उनले अब दोस्रो विवाह भयो भने २ लाख सम्मको लेहेंगा लगाउने योजना भएको बताइन् । अब गर्ने विवाहमा भने वेहुलालाई आफैले बनाएको युनिक खालको दौरासुरुवाल लगाइदिने रहर रहेको बताइन् । उनले सामान्य विवाहको योजना बनाएको बताइन् । उनले आफ्नो विवाहमा मनोज गजुरेललाई पनि बोलाउने बताइन् । उनले भनिन्, गर्न त सकिन्छ तर बोलाए पनि उहाँ आउनुहुन्न ।

उनले आफ्नो सानै देखीको शौख नै स्टाइलिस लुगा लगाउने भएका कारण त्यो शौख पुरा गर्न वुटिक संचालन गरेको बताइन् । स्कूल पढ्ने अवस्थामा पनि उनले आफ्नै डिजाइनको लुगा सिलाउन दिने गरेको बताइन् । उनले अब आफ्नो इच्छा लागेका र लगाउन नपाएका लुगाको डिजाइन बनाउने गरेको बताइन् ।

Related Articles

Back to top button
Close