News

कोरोनाको आशंकामा टेकु अस्पताल भर्ना भएका ५ जनामध्ये १ जनालाई आइसियूमा राखेर उपचार गरिँदै

काठमाडौँ । कोरोना भाइर*सको आशंकामा ५ जना विदेशी नागिरक टेकु अस्पतालमा भर्ना भएका छन्। अमेरिका र स्कटल्याण्डका ५ जना नागरिक सोमबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा भर्ना भएको बताइएको छ । उनीहरु सबैमा कोरोना भाइरसको जस्तै संकेत देखिएपछि अस्पताल भर्ना भएका हुन् ।

भर्ना भएकामध्ये चारजना आइसोलेसनमा रहेको र एकजनालाई आइसियूमा राखेर उपचार गरिरहेको बताइएको छ । आज साँझ ५ बजेसम्म उनीहरुको स्वास्थ्य रिर्पोट आउने र आएपछि कोरोना हो या होइन पुष्टि हुने बताइएको छ ।

Related Articles

Back to top button
Close