News

बैदेशिक रोजगारमा गएका रमेश, बाकसमा आएको लाशलाई आठ बर्षिया छोराले दिए दागबत्ती

बझाङ, मंसिर-२० ।
बैदेशि रोजगारमा मलेशिया पुगेका बझाङको छविसपाथिभेरा गाँउपालीका वडा नम्बर ७ का रमेश बहादुर बोहराको अन्तीम दाहसंस्कार भएको छ । उनका ८ बर्षिया छोरा अंकीत बोहराले अन्तीम दाहसंस्का गरेका हुन् । छोरा छोरीको पढाई खर्च, घराँयसी खर्च संगै गाँउघरमा आफुले काम गर्दा लागेको ऋण तिर्न भन्दै बोहरा २०७४ सालको स्थानीय तहको निर्वाचन पछि मलेशिया पुगेका थिए । मलेशियामा काम गर्दै जाँदा मंसिर १३ गते बोहरा आफ्नो सुत्ने कोठामा मृत अवस्थामा फेला परेको उनका आफन्तले बताएका छन् । उनको अन्तीम दाहसंस्कार शुक्रबार छविसपाथिभेरा गाँउपालीकाको खोरीगाड दोभानमा गरिएको हो । उनको मृत्यु कसरी भयो भन्ने कुरा उनका परिवारका सदस्यहरुलाई जानकारि सम्म छैन । कतीपयले बोहराको मृत्यु हृदयघातका कारण भएको बताएका छन् ।

बोहरा स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फ बाट वडा अध्यक्ष पदका उम्मेद्धार समेत हुन् । बोहराले झण्डै १०२ मतले पराजीत भएका स्थानीयले बताएका छन् । निर्वाचनको समयमा झण्डै ७।८ लाख रुपैया खर्च भयो । निर्वानमा पनी प्राजय खेप्नु पर्यो । त्यसपछि गाँउघरमा कुनै विकल्प नभए पछि बोहरा विदेश पुगेको उनका भाई बसन्त बोहराले बताए । चुनामा भएको खर्च आधा भन्दा बढी ऋण उनले दुई बर्ष मलेशिया गएर तिरेको उहाँको भनाई छ । स्थानीय तहको निर्वाचन हुँदा निकै खर्चीलो भयो उनकी पत्नी अन्जना देवि बोहराले रुदै भन्नु भयो उक्त ऋण तिर्न भन्दै विदेश गएका थिए ।
मलाई बाकसमा पैशा पठाउन्छु ऋणको केही चिन्ता नलीनु भन्नु हुन्थ्यो , तर आज आएर आफै बाकसमा फर्कीए । छोरा छोरीको पढाई खर्चका लागी समेत अलीकती भए पनी पैशाजम्मा गर्नु पर्छ र कैलाली तिर गएर केही ब्यावसाय गरौला भन्दै विदेश जानु भएको हो । तर आज आएर यो दिन देख्नु पर्यो । अबको चैत्र महिना भित्र त घरमा आउन्छु चिन्ता नलीनु भन्दै हुनु हुन्थ्यो तर आज ……… । उनका ८ बर्षिया एक छोरा र १० बर्षिया ३ बर्षिया २ छोरी छन् । चुनाब खर्चिलो भएको र चुनाबमा खर्चेको ऋण तिर्न भन्दविदेश भएका बोहराको मृत्यु भएको स्थानीय तथा नेपाल तरुण दलका जिल्ला अध्यक्ष विष्णु ऐडीले बताउनु भयो । स्थानीय निकायको चुनाबका बोहराले झण्डै ८।९ लाख भन्दा बढी खर्च उहाँको भनाई छ ।

Related Articles

Back to top button
Close