News

भारतमा कोरोनाका कारण निधन हुनेको संख्या ३ पुग्यो, एक जना राज्यमन्त्री पनि क्वारेन्टाइनमा

काठमाडौं, ४ चैत । भारतमा कोरोनाका कारण थप एक जनाको निधन भएको छ । यो संगै भारतमा कोरोनाका कारण निधन हुनेको संख्या ३ पुगेको छ । यस अघि एक शिशु सहित २ जनाको निधन भइसकेको भारतमा थप एक जनाको निधन भएको हो ।

भारतको महाराष्ट्रमा एक जनाको निधन भएको हो । उनी साउदी अरववाट फर्किएका ब्यक्ति हुन् । साउदी अरववाट फर्किएका ७६ वर्षीय पुरुषको निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतमा करिब १ सय ३० जनामा कोरोना भएको पुष्टि भएको छ ।

महाराष्ट्रमा भाइरसबाट सबैभन्दा धेरै सं क्र मि त भएका छन्। महाराष्ट्रसँगै दिल्ली,उत्तर प्रदेश,कर्नाटक,तामिलनाडु,पंजाब,राजस्थान,हरियाणा,लद्दाक,ओडिशा, उत्तराखंड,तेलांगानामा समेत भाइरस सं क्र मि तको संख्या बढिरहेको छ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारमा संसदीय कार्य राज्यमन्त्री रहेका वी मुरलीधरन दिल्लीमा होम क्वारेन्टानमा बसेका छन्। उनी सहभागी भएको एक सार्वजनिक कार्यक्रममा आएको ब्यक्तिमा कोरोना भएको पुष्टि भएपछि राज्यमन्त्री पनि होम क्वारेन्टाइनमा बसेका हुन् ।

केरलमा भएको सार्वजनिक कार्यक्रममा सहभागी हुँदा त्यहा पुगेका अर्का एक ब्यक्तिलाई कोरोना भएको पुष्टि भएको थियो । केरलमा भएको कन्फरेन्समा पुगेका एक चिकित्सकमा कोरोना भाइरस भएको पुष्टि भएपछि उनले आफैलाई घरमा नै क्वारेन्टाइनमा राखेको बताइएको छ। उनले कोरोनाको परीक्षण पनि गराएका छन्। परीक्षणको रिपोर्ट भने आएको छैन।

Related Articles

Back to top button
Close