News

आंचल लेख्छिन्, ‘अरु जस्तै विवाहको सपना बुन्ने केटीले भर्खरै आफ्नो राजकुमार पाएकी छिन्’

अभिनेत्री आंचल शर्मा र डा उदिप श्रेष्ठ को विवाह र रिसेप्सन पार्टीको चर्चा यतिबेला सामाजिक संजालमा भैरहेको छ। बिशेष गरि रिसेप्सन पार्टीमा लगाएको ड्रेसको मुल्य र हेलिकप्टरको इन्ट्रीले सामाजिक संजालमा चर्चाको बिषय बनेको छ। कतिपयले यसलाई ट्रोलको बिषय समेत बनाएका छन्। तर आंचलले भने यसलाई सटिक हिसाबले जवाफ फ़र्काएकी छिन्। सामाजिक संजालमा दुवैको तस्विर शेयर गर्दै उनले स्टाटस पोष्ट गरेकी छिन्।

हरेक महिलाको एकपटक विवाह गर्ने सपना देखेकी हुन्छिन् भन्दै आंचल लेख्छिन्, एउटा यस्तो दन्त्यकथा जहा हरेक केटीले आफ्नो जीवनमा कम्तीमा एकपटक विवाहको सपना बोकेकी हुन्छिन् । यस्तै, सपना बुन्ने केटीले भर्खरै आफ्नो राजकुमार पाएकी छिन् । जसले आफ्नो सपनाको बिषयमा अन्य मानिसको धारणा भन्दा पर रहेर आफ्नो सपनामा विश्वास गर्न सिकेकी छिन्। उनि अगाडी थप्छिन्, ‘हाम्रो स-साना कार्यक्रममा सहभागी भएर हाम्रो आनन्दमय यात्रालाई मद्दत गर्न सहयोग गर्नुहुने सवैलाई धन्यवाद।’

Related Articles

Back to top button
Close