News

आफ्नो विवाहको दिन रंगशालालाई प्रकाशले गरे एक लाख सहयोग

काठमाडौं – गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण कार्य अहिले धमाधम भईरहेको छ । भरतपुर महानगरपालिका वडा नं १५ रामपुरमा निर्माण भइरहेको यो रङ्गशालामा धुर्मुस सुन्तली फाउण्डेसनलाई देश विदेशबाट सहयोग पनि आइरहेको छ ।

यसैक्रममा हालै एक नवजोडीले रङ्गशालालाई आर्थिक सहयोग गरेका छन् । गैंडाकोट १ प्रतिभाटोल निवासी बस्याल परिवारले आफ्नो छोराको विवाहको दिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई आर्थिक सहयोग गरेका हुन् ।

संविधान सभा सदस्य गुनाखर बस्यालले छोरा प्रकाश वस्यालको विवाहकै अवसर पारेर रंगशाला निर्माणका लागि एक लाख एक हजार १ सय ११ रुपैयाँ सहयोग गरेका हुन् । उनले विवाहमा हुने केहि खर्चलाई कटौती गरेर एक लाख एक हजार १ सय ११ रुपैयाँका चेक फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई हस्तान्तरण गरेका हुन् ।

Related Articles

Back to top button
Close