News

पाकिस्तानका ९० लाख बि’रामी जोगाउन नेपालका २० हजार जनामा भ्याक्सिन परिक्षण

काठमाडौं, २० मंसिर । पाकिस्तानका बालबालिका र किशोरीका लागि बेलायतले तयार पारेको टाइफाइड रोग वि’रुद्धको भ्याक्सिनको परिक्षण नेपालमा गरिएको खुलेको छ । पाकिस्तानका ९० लाख बालबालिका र किशोरीका लागि तयार पारिएको भ्याक्सिन नेपालमा २० हजारमा परिक्षण गरिएको हो ।
बेलायतले पाकिस्तानका ९० लाख बालबालिका र किशोर किशोरीका लागि भन्दै भ्याक्सिन तयार पारेको थियो । त्यो भ्याक्सिनको सफल परिक्षण गरिएको छ । तर परिक्षणका विषयमा भने नेपालका बालबालिका र किशोरकिशोरीलाई जानकारी दिइएको थिएन । नेपालका २० हजार नागरिकको ज्या’न जो’खिममा राखेर पाकिस्तानका नागरिकका लागि भ्याक्सिन परिक्षण गरिएको तथ्य खुलेपछि अहिले नेपालमा त्यसको चर्चा भएको छ ।

यस्तो परिक्षणमा नेपालको कानुनी स्वीकृतिको त कुरै छाडौं सामाजिक दृष्टिकोणबाट पनि जो’खिमबारे केही जानकारी गराइएको थिएन । यो परिक्षणमा अमेरिकी गैर सरकारी संस्थ बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशनको आर्थिक सहयोगमा अक्स्फोर्ड विश्वविद्यालयसहित नेपालका चिकित्सक पनि सहभागी थिए । बीबीसीले सो विषयमा जानकारी मुलक सामग्री प्रस्तुत गरेपछि यसको नेपालमा चर्चा सुरु भएको हो । नेपालमा ललितपुरस्थित पाटन अस्पतालमा यसको विशेष प्रयोग र परिक्षण गरिएको थियो ।

यसलाई टाइफाइड कन्जुगेट भ्याक्सिन (टीसीभी) को नाम दिइएको छ । दुई बर्षसम्म नेपालमा यसलाई परिक्षणको दौरानमा विभिन्न व्यक्तिमा प्रयोग गरिएको थियो । सन् २०१७ खेखि २०१९ सम्म पाटन अस्पतालमा भ्याक्सिनको परिक्षण गरिएको थियो । नेपालमा विगतमा मुख्यतः बाँदरमा गरीएका केही भ्याक्सीन परीक्षणहरू पनि वि’वादमा परेका थिए । नेपालका त्यती धेरै जनसंख्यामा परिक्षण गरिएको भ्याक्सिनका विषयमा जानकारी पाउने अधिकार कुण्ठितग गरिएको छ ।

परीक्षणमा सहभागी चिकित्सक डा। बुद्ध बस्नेतले भने बीबीसीसंगको कुराकानीमा त्यसबारे जानकारी गराएको बताएका छन् । नेपालका ‘पाइलापाइलामा’ लक्षित समुदाय तथा अभिभावकहरूको ‘परामर्श तथा अनुमति लिइएको’ उनको भनाई छ । तर कतिपय बि’रामीलाई भने यो भ्याक्सिन परिक्षणको थियो भन्ने थाहा नै छैन । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् यस्ता परीक्षणहरूको अनुमति दिने निकाय हो । तर उसले अनुमति दिँदा सर्वसाधारणको स्वास्थ्यको विषयको जो’खिममा सम्बन्धित व्यक्तिसँग परामर्श लिनैपर्छ ।

Related Articles

Back to top button
Close