News

चलचित्र ‘परदेशी २’ मा दिलिप रायमाझीको इन्ट्री, खुशी हुँदै प्रकाशले लेखे यस्तो स्टाटस

काठमाडौं – चलचित्र ‘परदेशी २’ मा अभिनेता दीलिप रायमाझीको प्रवेश भएको छ । यस अघि ‘परदेशी २’ मा प्रकाश सपुतले अभिनय गर्न लागेसँगै चर्चामा आउको यो फिल्ममा अब भने दीलिप रायमाझीको पनि प्रबेश भएको हो । फिल्मलाई नारायण रायमाझीले निर्देशन गर्दैछन् । चलचित्र परदेशी २ मा अभिनेता दीलिप रायमाझीको प्रवेश हुँदा प्रकाश सपुतले निकै खुशि भएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो आइडल हिरो भन्दै सँगै काम गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् । उनले लेखेका छन् , – “हिरो बन्ने सपना र दिलिप रायमाझिको ठुलो फ्यान “ बोल माया र गल्बन्दि गित को यो सिन र डाईलगमा मेरो आफ्नै फिलिङस मिसाएको थिए । म वास्तवमै नायक दिलिप रायमाझिको ठुलो फ्यान र उनैताका उहा जस्तै हिरो बन्ने सपना पनि देखेको एक गाउले ठिटो ।

आज त्यो सपना विपना भएको छ र म उनै मेरा प्रिय ९आईडल० हिरो संग स्क्रिन सेयर पनि गर्दैछु । आज शुटिङ भईरहदा पनि घरी घरी यस्तो लागिराछ कि यो सबै रियल मै त भैराछ नी रुरुकि म गहिरो निद्रामा छु र मिठो सपना देखिराछु रु हँ रु फिल्ममा वर्षा सिवाकोटीको पनि अभिनय रहेको छ । २०७२ सालको सुपरहिट चलचित्र ‘परदेशी’ को सिक्वेल हो ‘परदेशी २’ ।

Related Articles

Back to top button
Close